Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आइतबारे रनिङ ट्रफी : उपाधीका लागी फिक्कल र खुदुनाबारी भिडदै

आइतबारे रनिङ ट्रफी : उपाधीका लागी फिक्कल र खुदुनाबारी भिडदै

  • चन्द्रकान्त पाैडेल
  • शनिबार, माघ ११ २०७६


आइतबारे रनिङ ट्रफी : उपाधीका लागी फिक्कल र खुदुनाबारी भिडदै

फाइल तस्विर

आइतबारे । १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको उपाधीका लागी जनता सेभेन फिक्कल र खुदुनाबारी स्र्पोटिङ क्लब झापा भिडदै छन् । आइतबारे युथ क्लबको आयोजनामा बिरेन्द्र माविको खेलमैदानमा जारी प्रतियोगिताको बिजेताले नगद ८० हजार १ सय ११ र उपबिजेताले नगद ५० हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सिसा क्लासिक तीनघरेलाई ६–१ फराकिलो गोल अन्तरले हराउँदै फिक्कल फाइनल प्रवेश गरेको हो । त्यसैगरी टिवाइसी तीनघरेलाई टाइव्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै खुदुनाबारीले समेत फाइनलमा स्थान बनाएको हो ।
गत माघ २ गते बाट सन्चालित प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको थियो । नेपाल भ्रमण बर्ष २०२० सफल पारौ, लागू औषध चेलिबेटी बेचबिखन तथा एचआइभि एड्स बिरुद्दको हाम्रो आवाज भन्ने नाराका साथ आयोजित प्रतियोगिताको समापनका दिन नेसनल डेन्टल केयर सेन्टर झापाले निशुल्क दन्त शिबिरको आयोजना गरेको छ । सोही दिन एपोलो हस्पिटल एवं ट्रमा सेन्टर इलामले हाडजोर्नी नसा सुगर ,प्रेसर सम्बन्धि निशुल्क शिबिरको समेत संचालन गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर,उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, फाइनल खेलको म्यान अफ द म्याच र फेयर प्ले अवार्ड प्रदान गरिने छ।। बिक्रम सम्बत २०५८ सालमा स्थापित आइतबारे युवा क्लब सामाजिक ,शैक्षिक ,स्वास्थ्य,खेलकुद लगायत क्षेत्रमा सक्रीय रहँदै आएको छ । प्रतियोगीतामा प्रथम पुरस्कार समाजसेबी नेपाली काग्रेसका युवा नेता डम्बर खड्काले प्रायोजन गरेका छन् । आफ्ना आमा बाबुको सम्झनामा मेची अञ्चल आयुबेदिक अस्पताल आइतबारेका प्रमुख तिर्थराज आचार्यले दोस्रो पुरस्कार प्रायोजन गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार