फिक्कल । १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा बिजयी बन्दै सिसा क्लासिक तीनघरे इलाम र खुदुनाबारी स्पोर्टिङ क्लब झापा सेमिफाइनल प्रबेश गरेका छ्न। बिरेन्द्र माध्यमिक बिद्यालय आइतबारेको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइलन खेलमा आहाले सेभेनलाई ट्राइ बेकरमा ४ –२ गोल अन्तरले पराजित गर्दै तीनघरे सेमीफाइनल पुग्ने पहिलो टिम बनेको हो ।
निर्धारित समयमा दुबै तर्फ बाट १–१ गोल भए पछि ट्राइबेकरबाट निर्णय गरिएको हो। तीनघरेका अभिषेक राई र आहालेका अनिश राईले गोल गरेपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । त्यस्तै दोस्रो क्वाटर फाइनलमा आइतबारे फुटबल क्लबलाइ २ का बिरुद्द ५ गोलले पराजित गर्दै खुदुनाबारी स्पोर्टिङ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
खुदुनाबारीका लागी बबिन बोहोरा र कुलाहाङ लिम्बुले समान २–२ तथा विशाल खवासले १ गोल गरेका थिए भने पराजित आइतबारेका लागि मनिस लिम्बू र विशाल माझिले १–१ गोल गरेका थिए।प्रतियोगिताको तेस्रो क्वाटर फाइनल आज जनता सेभेन फिक्कल र ड्रीम्स क्लब जहर्सिङगाउँ तथा अन्तिम क्वाटर फाइनलमा फिक्कल एफसि फिक्कल र टि वाइ सि तीनघरे भिड्ने छन् ।