Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जहरसिंह गाँउ र तीनघरेको जितसंगै क्वाटरफाइनल समिकरण पुरा

जहरसिंह गाँउ र तीनघरेको जितसंगै क्वाटरफाइनल समिकरण पुरा

  • चन्द्रकान्त पाैडेल
  • आइतबार, माघ ५ २०७६


जहरसिंह गाँउ र तीनघरेको जितसंगै क्वाटरफाइनल समिकरण पुरा

आइतबारे । १२ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पुरा भएको छ । आज भएको प्रि–क्वाटरफाइनल अन्र्तगतको अन्तिम २ खेल सम्पन्न भएसँगै क्वाटरफाइनल भिडने टिम पक्का भएको हो । आजको खेलबाट ड्रीम्स क्लब जहरसिङ गाउँ र टिवाइसी तीनघरे क्वाटर फाइनल प्रबेश गरेका छ्न । पहिलो खेलमा रोङ खेलकुद बिकास समितिलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ड्रीम्स क्लब क्वाटर फाइनल प्रबेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । ड्रीम्स क्लबका लागी डेबिट राइ र रोङ्गका दिलिप खवासले गोल गरेका थिए । अन्तिम प्रि-क्वाटरफाइनल खेलमा गोरख सेभेन अनुपस्थित भएपछी वाक ओभर पाउँदै टिवाइसी तीनघरे क्वाटर फाइनल प्रबेश गरेको हो। प्रतियोगिता अन्तर्गत भोलिबाट क्वाटर फाइनलका खेल हुनेछन ।
पहिलो क्वाटर फाइनलमा आहाले सेभेन र सिसा क्लासिक तीनघरे तथा दोस्रो क्वाटर फाइनल खेलमा खुदुनाबारी स्पोर्टिङ झापा र आइतबारे फुटबल क्लबका बिच हुने छ । माघ २ गतेबाट शुरु प्रतियोगितामा इलाम र झापाका गरि १६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार १ सय ११ र उपबिजयी टिमले ५० हजार १ सय ११ प्राप्त गर्नेछ्न।प्रतियोगिताको फाइनल खेल माघ ११ गते शनिबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार