Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलामका राम राना सहित प्रदेश १ सरकारमा ४ जना राज्यमन्त्री थपिँदै, आजै सपथ हुँदै

इलामका राम राना सहित प्रदेश १ सरकारमा ४ जना राज्यमन्त्री थपिँदै, आजै सपथ हुँदै

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ५ २०७६


इलामका राम राना सहित प्रदेश १ सरकारमा ४ जना राज्यमन्त्री थपिँदै, आजै सपथ हुँदै

इलाम । प्रदेश एक सरकार गठन भएको दुई वर्ष बित्‍न लाग्दा मूख्यमन्त्री शेरधन राईले बल्ल मन्त्रीमण्डल बिस्तार गर्न लागेका छन्‌। प्रदेश सरकारमा दिउँसो ३ बजे ४ राज्यमन्त्री थप गरेर मन्त्रीमण्डल बिस्तार गर्ने तयारीमा छ। मन्त्री मण्डलमा इलाममा राम राना सहित मन्त्री ४ जना राज्यमन्त्री थप्ने तयारी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।  प्रदेश १ मुख्यमन्त्री कार्यलयका अनुसार आइतबार दिउँसो ३ बजे मन्त्रीको सपथ ग्रहणको कार्यक्रम राखिएको छ।
नयाँ मन्त्री हुनेहरुमा पूर्व एमाले बाट ३ र पूर्व माओवादी केन्द्र बाट १ जनाको नाम चर्चामा छ। पूर्व एमालेबाट भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबाबु गुरुङ, उद्योग वन तथा वातावरण राज्यमन्त्री झापाकी जसमाया गजमेर, कृषि राज्यमन्त्री इलामका राम रानामगर र पूर्व-माओवादीका तर्फबाट मोरङका विजय विश्वास सामाजिक विकास राज्यमन्त्री बन्‍ने भएका हुन्।  यससँगै प्रदेश १ को मन्त्रीमण्डल ९ सदस्यीय हुने भएको छ। अहिलेलाई मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्री थप्‍न लागेका हुन्। केही समयपछि दुई मन्त्री थप्‍ने तयारी मुख्यमन्त्री कार्यालयले गरेको छ।

याे पनि पढ्नुहाेस

प्रदेश १ को मन्त्रिमण्डल विस्तार हुँदै, इलामका राम राना कृषि तथा सहकारी मन्त्री बन्दै

प्रतिक्रिया
सम्बन्धित समाचार