Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आइतबारे रनिङ ट्रफी : जनता सेभेन र फिक्कल क्वाटरफाइलनमा प्रवेश

आइतबारे रनिङ ट्रफी : जनता सेभेन र फिक्कल क्वाटरफाइलनमा प्रवेश

  • चन्द्रकान्त पाैडेल
  • आइतबार, माघ ५ २०७६


आइतबारे रनिङ ट्रफी : जनता सेभेन र फिक्कल क्वाटरफाइलनमा प्रवेश

आइतबारे : १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको तेश्रो दिनको प्रि–क्वाटरफाइनल खेलमा बिजयी हुँदै जनता सेभेन फिक्कल र फिक्कल एफ सि फिक्कल क्वाटर फाइनल प्रबेश गरेका छ्न । शनिबारको पहिलो खेलमा भेनस फुटबल क्लब सुन्दरपानी ए लाई ३–२ ले हराएको हो । बिजयी जनता सेभेनको लागि सचिन यल्मु र संगम यल्मुले गोल गरेका थिए भने पराजीत भेनसका लागि दुबै गोल आशिष राईले गरेका थिए ।
दोस्रो खेलमा एम एफ सि पान्दामलाई २–१ ले हराउँदै फिक्कल एफसीले समेत क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । फिक्कलका लागि सुरज राउत र प्रज्वल प्रधानले समान १÷१ गोल गरेका थिए । पराजित एफएफसीका कर्मा लामाले सान्तवाना गोल फर्काए । प्रतियोगिता अन्तर्गत आ प्रि–क्वाटर फाइनलका अन्तिम २खेल हुनेछन । पहिलो खेल ड्रीम्स क्लब र रोङ खेलकुद बिकास समिति तथा दोस्रो खेल टिवाइसि तिनघरे र गोरख सेभेनका बिच हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार