आइतबारे । १६ औ संस्करणकोआइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनल खेलबाट बिजयी हुँदै सिसा क्लासिक तीनघरे र आइतबारे फुटबल क्लब क्वाटर फाइनल प्रबेश गरेका छ्न । आज सम्पन्न तेश्रो प्रि–क्वाटरफाइनल खेलमा फ्रेन्डसिप फुटबल क्लब गोदकलाई ३–१ गोल अन्तरले हराउँदै सिसा क्लासिक क्वाटरफाइनल प्रवेश गरेको हो । आजकै दोश्रो खेलमा द राइजिङ युवा क्लब कुटिडाँडालाई ५–१ गोल अन्तरले हराउँदै आइतबारे क्वाटरफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि पनि प्रि–क्वाटरफाइनल अन्तर्गतको २ खेल हुनेछन ,पहिलो खेल जनता सेभेन फिक्कल र भेनस फुटबल क्लब सुन्दरपानी ए बिच हुनेछ भने दोस्रो खेल एमएफसी पान्दाम र फिक्कल फुटबल क्लब फिक्कलका बिच हुनेछ।