Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आइतबारे रनिङ ट्रफी : आहाले सेभेन र खुदुनाबारी स्पोर्टिङ क्लब क्वाटरफाइनल प्रवेश

आइतबारे रनिङ ट्रफी : आहाले सेभेन र खुदुनाबारी स्पोर्टिङ क्लब क्वाटरफाइनल प्रवेश

  • चन्द्रकान्त पाैडेल
  • बिहिबार, माघ २ २०७६


आइतबारे रनिङ ट्रफी : आहाले सेभेन र खुदुनाबारी स्पोर्टिङ क्लब क्वाटरफाइनल प्रवेश

आइतबारे : १६ औ संस्करणको आइतबारे रनिङ ट्रफी खुल्ला फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा आहाले सेभेन र खुदुनाबारी स्पोर्टिङ क्लब झापा क्वाटरफाइनल प्रवेश गरेका छन् । आज भएको उद्घाटन खेलमा आयोजक आइतबारे युवा क्लबलाई ५–२ गोल अन्तरले हराउँदै आहालेले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । बिजेता टिमका लागी सुसन कार्की र असिम राईले समान २/२ र अनिश राईले १ गोल गरे । पराजित टिमका लागी प्रशान्त प्रधान र कृष्ण प्रधानले १/१ गोलको योगदान दिएका थिए ।
दोश्रो खेलमा भेनस एफसी सुन्दरपानीलाई ३–१ गोल अन्तरले हराउँदै खुदुनाबारी समेत अन्तिम ८ मा प्रवेश गरेको छ । खुदुनाबारीको जितमा चेतन घतानीले २ र विशाल खवासले १ गोलको योगदान दिए । भेनसका उमेश राईले सान्तवाना गोल फर्काए । प्रतियोगिता अन्तर्गत भोलि पहिलो खेलमा गोदक सेभेन र सिसा क्लासिक तिनघरे भिड्ने तथा दोस्रो खेलमा आइतबारे एफसि र राइजिङ युवा क्लब कुटिडाँडा बिच खेल हुनेछ।
आइतबारे युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा झापा र इलामका गरी १६ टिमको सहभागीता रहेको छ । बिजेता टिमले ८० हजार १ सय ११ तथा उपबिजेताले ५० हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भ्रमण बर्ष २०२० सफल पारौ तथा लागू औसध, चेलिबेटी बेचबिखन एचआइभी एडस बिरुद्दको हाम्रो आवाज भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेल माघ ११ गते हुनेछ । फाइनल खेलको दिन दात,हाडजोर्नी,सुगर प्रेसर लगाएत रोगको परिक्षण हुने आयोजकले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष खड्ग प्रसाद दाहालको सभापतित्व तथा नगर प्रमुख रण बहादुर राइको प्रमुख आतिथ्यता रहेको उदघाटन कार्यक्रममा मेची अञ्चल आयुर्बेर्दिक औषधालयका प्रमुख तिर्थराज आचार्यको बिशिष्ट आतिथ्यता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार