रोङ : इलामको रोङ गाउपालिका ४ लामिदुवालीकी कल्पना राई झापाको बिएण्डसी अस्पतालमा उपचाररत छिन् । २६ बर्षकी कल्पनालाइ रिगटा लागेर घरमा नै बिरामी भएपछि उपचारको लागि अस्पताल पु¥याइएको हो । गर्भवती अवस्थाकी कल्पना गत पुस २० गते अस्पताल भर्ना भएको र उपचारमा २२ गते सम्म ४ लाख भन्दा बढी खर्च भइसकेको बिएण्डसी अस्पतालका प्रशासन सहायक ज्योति गजमेरले जनाएका छन् ।
उच्च रत्तचाप ९ब्लडप्रेसर० को कारण टाउकोमा रकत जमेको अस्पताल श्रोतको भनाइ छ । आर्थिक अवस्था कमजोर भएको परिवारमा बिरामी भएपछि समस्या भएको भन्दै सहयोग गरिदिन आफन्त तथा घरपरिवारले अनुरोध गरेका छन् । उपचारकाले लागि १० लाख रुपैया भन्दा बढी लाग्ने भएकाले आर्थिक सहयोग गर्न अनुरोध गरेको बिरामीको जेठाजु नगेन्द्र राईले बताए ।

अस्पतालको पत्र
सहयोग गर्न चाहनेले ९८४४६४४०६२ वा ९८२४०३१९५७ मा सम्पर्क गरी बिरामीको अवस्थाको बारेमा जानकारी लिन सकिने राईले बताए । पछिल्लो स्वास्थ्य बिवरण अनुसार बोलाउदा आखा खोलेर हेर्ने र आखाको हाउभाउको आधारमा स्वास्थ्यमा केही सुधार भएकाले रकम भए उपचार सम्भब हुने राईको भनाइ छ ।

वडा कार्यालयको सहयोग पत्र
यसैबिच रोङ गाउपालिका वडानम्बर ४ को वडा कार्यालयले कल्पना राईको उपचारको लागि आथिक सहयोग गरिदिन अनुरोध गरेको छ । कार्यबाहक वडाअध्यक्ष कमलकुमार राईद्वारा हस्ताक्षरित अनुरोध पत्रमा कल्पना राईको आर्थिक अवस्था ज्यादै कम्जोर भएकाले सहयोगको लागि अनुरोध गरिएको छ । तपाइको सानो सहयोगको ठूलो मुल्य हुने भएकाले सहयोग गरिदिन हुन हामी हाम्रा सम्पूर्ण पाठक बर्गमा अनुरोध गर्दछौ । (इपुर्वबाट साभार)