Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘खेप’ ले निखारेको झापाका गोलरक्षक दिपांशु

‘खेप’ ले निखारेको झापाका गोलरक्षक दिपांशु

  • नमीन ढकाल
  • मंगलबार, पौस २९ २०७६


‘खेप’ ले निखारेको झापाका गोलरक्षक दिपांशु

नेपालका लिगको भरोसा नहुँदा खेलाडीहरुको बाँच्ने एउटै आधार खेप हाे । अर्थात खेल पारिश्रमिक । खेप भन्ने शव्द विशेष गरेर भारतका चल्ने गर्छ  । जसले धेरै राम्रो खेल्न सक्छ उसले धेरै कमाउन सक्छ । जसले खेल्ने सक्दैन उसको कमाई थोरै । खेलशैली र खेल स्तर नै खेलाडीको आम्दानी बढाउने माध्यम हो । यस्ता प्रतियोगिताले खेलाडीको जिवनस्तर मात्र होइन उनीहरुको खेल स्तरमा पनि विकास गर्छ जसको प्रत्यक्ष उदाहरण झापा–११ एफसीका गोलरक्षक दिपांशु राउत हुन् । भारतका विभिन्न क्षेत्रमा हुने प्रतियोगितामा पारिश्रमिकका आधारमा सहभागी हुदाँ उनको जिवस्तर मात्र होइन खेल स्तरमा पनि सुधार हुँदै गएको छ ।
दिपांशुको फुटबल यात्रा
घर नजिकै मेची रंगशाला भएकाले उनका लागी फुटबल आउन त्यती असहज भएन् । दिनहुँ जसो रंगशालामा अभ्यासले उनमा फुटबलमा लाग्ने अझै हौसला बढ्यो । सानै उमेरमा उनका बाबु अजित राउतले दिपांशुका लागी फुटबल बुट र ग्लोव्स ल्याएर थमाएपछि औपचारिक फुटबल यात्रा सुरु भयो । मेची रंगशालामा हुने जुनियर र सिनियर फुटबल उनी नछुटाइ हेर्ने ग¥थे ।
गोलकिपर बन्ने प्रेरणा
मुनाल क्लबको आयोजनामा मेची रंगशालामा २०६८ साल ताका भएको फुटबल प्रतियोगितामा उनी लगायतका बालबालिकाहरुलाई बल व्वाईको रुपमा ल्याइएको थियो । त्यही प्रतियोगितामा उनले गोलरक्षक मीन बस्नेतको खेल नजिकैबाट हेर्ने मौका पाए जसको नाम उनले फुटबल खेल्न सुरु गर्दैबाट सुनेका थिए । मीनको बल पकडने शैली र खेलले दिपांशुमा गोलरक्षक बन्न तर्फ प्रेरित ग¥यो । उनी सम्झन्छन ‘ सानैबाट मीन बस्नेतको नाम सुनेको थिए । प्रत्यक्ष खेल हेर्न पाएपछि उहाँ जस्तै बन्ने लक्ष्यमा साथ गोलकिपर खेल्न थाले ।’
उचाईले पनि उनलाई गोलरक्षक बन्नका लागी साथ दियो । गाउँमा हुने भालेकप खेल्दै आएका उनलाई एन्फा प्रवेशको अवसर थियो तर परिवार नै बाधक बन्यो । एन्फा यु–१२ का लागी झापाबाट विराटनगर हुँदै काठमाण्डौका लागी छनौट भएका थिए । तर काठमाण्डौको अन्तिम छनौटमा भाग लिन पाएनन् । ‘उत्कृष्ट खेल देखाउँदै काठमाण्डौका लागी छनौट भएको थिए तर बाबाले जान दिनुभएन ’ उनी भन्छन्
उमेर समुहको प्रतियोगिता
एन्फाका लागी छनौटमा भाग लिन नपाएपनि उनले सन २०१५ मार्चमा मा आयोजना भएको यु–१४ फुटबल फेस्टिबलमा सहभागीताको अवसर पाए । श्रीलंकामा भएको प्रतियोगितामा उनी शिर्ष २३ भित्र रहदै टिममा छनौट भए । तर प्रतियोगितामा बेञ्चमा नै विताउनुपर्ने भयो । त्यसैगरी नेपालमा नै सन २०१७ मा आयोजना भएको यु–१५ साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बन्दा पनि उनले बेञ्चमा नै विताउनुप¥यो । नेपाली यु–२१ र यु–२३ टिमका लागी क्लोज क्याम्पमा परेपनि शिर्ष २३ मा पर्न सकेका छैनन् ।
काठमाण्डौमा २०७५ सालमा भएको ललित मेमोरियल यु–१८ प्रतियोगितामा झापा–११ बाट खेलेका थिए । त्यसैगरी यस बर्ष एनआरटीबाट १ खेलमा मैदानमा देखा परे । जित्नै पर्ने बाध्यता रहेको खेलमा एनआरटी बराबरीमा रोकिएका दिपांशुको दोश्रो पटक क्वाटरफाइनल खेल्ने लक्ष्य अधुरै रहेको थियो ।
घरेलु फुटबलमा दिपांशु
यु–१५ साफ च्याम्पियनसिप खेल्नु अघि नै उनले झापा लिगमा न्युस्टार क्लब खोपवाडीबाट खेल्दै उत्कृष्ट गोलरक्षक समेत पाए । त्यस लगतै उनले इलाममा आयोजना भएको माईभ्याली गोल्डकपमा झापा–११ को दोश्रो रोजाईको गोलरक्षक प्रतियोगिता झापाले जित्यो । तर दिपांशु मैदान उत्र्न पाएनन् । विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेपछि तत्कालिन प्रशिक्षक प्रवेश कट्वालले झापा–११ का लागी दिपांशुलाई टिममा बोलाए । त्यहाँ उनले यु–२३ का गोलरक्षक दिनेश थापा मगर र मनोज प्रधानसँगै स्थान बनाए । ‘अनुभवका लागी समेत झापा गोल्डकपमा अतिरिक्त गोलरक्षकको रुपमा टिममा समावेश भए । त्यहाँबाट मोफसलको फुटबलको बारेमा धेरै जानकारी समेत प्राप्त भयो ।’ उनले भने । प्रतियोगितामा झापा उपविजेता बन्यो । त्यसपछि उनले विआरसी फेन्स भुटानबाट मेचीनगर गोल्डकप, झापा–११ बाट राजर्षी जनक कप, भारतको मानेभञ्ज्याङ गोल्डकप र मिलनगाउँ गोल्डकप लगायतका एक दर्जन बढी प्रतियोगितामा पहिलो रोजाईको गोलरक्षको रुपमा उत्रिए । गत बर्ष धनगढीमा भएको सर्वाधिक राशीको सुदुर पश्चिम गोल्डकपमा च्यासल क्लबाट दिल्ली एफसी विरुद्धको खेलमा अन्तिम १५ मिनेटमा दिनेश थापा मगरलाई प्रतिस्थापन गरे ।
खेपकै भर
पछिल्लो समय दिपांशुको दैनिक छिमेकी भारतका विभिन्न जिल्लामा हुने गोल्डकप र टोलकप प्रतियोगितामा नै वित्ने गरेको छ । मासिक रुपमा भारतको विभिन्न प्रतियोगितामा सहभागी भएर उनले ३० हजार भारतिय रुपैया आम्दानी गर्दै आएका छन् । मोफसलको गोल्डकप र छिमेकी देश भारतमा हुने रनिङ कप र अन्य प्रतियोगिता पुर्वको खेलाडीको बाँच्ने आधार भएको उनी बताउँछन् । ‘ लिग नहुँदा खेप नै विकल्प हो । इज्जत पनि हुने र पैसा पनि कमाई हुने । पुर्वका खेलाडीहरु लिग भन्दा पनि खेपबाटै बाँचेका छौ भन्दा पनि फरक नहोला ।’ उनी भन्छन्
झापालाई ए डिभिजन लिगमा पु¥याउने लक्ष्य
गत बर्षको शहिद स्मारक लिगमा च्यासल क्लबको दोश्रो गोलरक्षको रुपमा देखिएको दिपांशु यस बर्ष लिगमा छैनन् । १८ बर्षिय दिपांशुको लक्ष्य झापालाई ए डिभिजन लिगमा पु¥याउनु हो । बी डिभिजन लिगका लागी उनी सहित झापाली खेलाडी एक महिना देखी प्रशिक्षणमा रहेको छ । पुर्व राष्ट्रिय खेलाडी युगलकिशोर राईले अहिले दिपांशु सहित झापा फुटबल क्लबलाई निखार्दैछन् । ललित मेमोरियल यु–१८ खेलेको झापाका खेलाडीहरुको युथ सेट छ । त्यसैले अहिले पछिल्लो समय पुर्वका विभिन्न प्रतियोगिता छ ।
‘ झापालाई ए डिभिजन लिगमा पु¥याउनु छ र राजधानी केन्द्रित फुटबल मानसिकतालाई चिरेर मोफसलको संभावनालाई सबै सामु ल्याउनु झापा–११ एफसीको साझा लक्ष्य हो ।’ दिपांशुले भने । ‘ १ बर्ष नहोला २ बर्ष नहोल तेश्रो बर्ष त कसो ए डिभिजन क्लबलाई टक्कर दिन नसकिएला र !’ विदेशी खेलाडीको प्रभावलाई केही बर्षमै चिरेर ए डिभिजनमा झापाली प्रभाव कायम राख्ने उनी सहित झापा–११ एफसीको लक्ष्य छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार