इलाम । दोश्रो चरणको निर्वाचनमा इलाममा नेकपा एमालेले चुलाचुली गाँउपालिका जितेको छ । एमालेका प्रदिपचन्द्र राईले ३ हजार ४ सय ३९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजेन्द्र केरुङले ३ हजार १ सय ४९ मत प्राप्त गरेका छन । त्यसैगरी उपाध्यक्षमा नेकपा एमाले कै निर्मला दाहाल बिजयी भएकी छन । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी लक्ष्मी मिश्रले २ हजार ३ सय ९५ मत प्राप्त गरेकी छन ।
जम्मा खसेको ९ हजार ९ सय ८८ मत मध्ये १ हजार १ सय ८८ मत बदर भएको छ । गाँउपालिकाको वार्ड नं १ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण लावती बिजय प्राप्त गरेको छ । वार्ड नं २ मा एमालेका रनबहादुर लिम्बु प्यानल, ५मा एमालेकै चन्द्रकुमार थापाको प्यानल र ६ मा हेमन्त राईको प्यानलले बिजय हासिल गरेका छन । वार्ड नं ३ मा नेपाली काँग्रेसका नरबहादुर लावतीको प्यानल बिजय भएको छ ।