Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नामसालिङ साना किसानको प्रथम अधिवेशन सम्पन्न

नामसालिङ साना किसानको प्रथम अधिवेशन सम्पन्न

  • स्मिता देवान राई
  • आइतबार, पौस २७ २०७६


नामसालिङ साना किसानको प्रथम अधिवेशन सम्पन्न

माईजोगमाई । इलामको माइजोगमाई गाउँपालिका–४ का रहेको नामसालिङ साना किसान कृषि सहकारीको प्रथम अधिवेशन सम्पन्न भएको छ । विमल पौडेलको अध्यक्षतामा नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) को भवनमा भएको अधिवेशनको प्रमुख अतिथी वडाध्यक्ष गणेशकुमार राई रहेका थिए । कार्यक्रममा बोल्दै राईले किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु वितरण गरिने भएकाले फाइदा उठाउन आग्रह गरे ।
कार्यक्रममा संस्थाकी सदस्य छेडोल्मा तामाङले स्वागत मन्तव्य राखेकी थिइन् । सवैभन्दा बढी सेयर खरिद गर्ने गोमा ढुङ्गाना र चन्द्रकला देवानलाई सम्मान स्वरुप हजारी प्रदान गरिएको थियो । त्यसैगरी संस्थाका सदस्यका छोराछोरीहरु मध्येबाट एसईईमा उत्कृष्ट अंक ल्याउने कलिना घले र संजोग प्रधानलाई समेत सम्मान गरिएको संस्थाका प्रवन्धक टिका आर्चायले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार