इलाम, । दोश्रो चरणको निर्वाचनमा इलाममा एमालले विजयी सुरुवात गरेको छ । एमालेका सन्दकपुर गाँउपालिकाका अध्यक्षका उम्मेदवार उदय राई ४ हजार ५ सय २९ मतका साथ विजयी भएका छन ।
उनका निकटमत प्रतिद्धन्द्धी नेपाली काँग्रेसका देवेन्द्र सुवेदीले २ हजार ३ सय ५४ मत ल्याएका छन । उपाध्यक्षमा एमालेकै शोभा पराजुली बिजयी भइन । उनले ३ हजार ९ सय ३० मत प्राप्त गरिन । निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सविता गुरुङले २ हजार १ सय ७२ मत प्राप्त गरिन । सन्दकपुरको ५ वडाका २५ पद मध्ये २३ मा एमालेले बिजय हासिल गरेको छ ।
वडा नं २ देखी ५ सम्मका सवै पदमा एमालेले प्यानलै जितेको हो । वार्ड नं १ को वडाध्यक्षमा माओवादी केन्द्रका नन्दकुमार राई र सदस्य रहरसिँह राई बाहेका सवै पदमा एमालेका उम्मेदवारले बिजय हासिल गरेको निर्वाचन अधिकृत ऋद्धिनाथ निरौलाले जानकारी दिए ।