Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भालुढुङ्गा पर्यटन समिति सम्मानित

भालुढुङ्गा पर्यटन समिति सम्मानित

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस १९ २०७६


भालुढुङ्गा पर्यटन समिति सम्मानित

इलाम । शताब्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलामले २१ औ बार्षिक उत्सव एवं नेपाल भ्रमण बर्ष २०२० को अवसरमा इलामको पर्यटन प्रबर्द्धन र विकासमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै भालुढुङ्गा सामुदायिक पर्यटन प्रबर्द्धन विकास संस्था, इलामलाई सम्मान गरेको छ । भब्य समारोह बिच समितिलाई नगद रु ७ हजार ५ सय ५५ रुपैया सहित सम्मान गरिएको हो । प्रमुख अतिथी जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश प्रसाद बराल र सहकारी संस्थाका उपाध्यक्ष जितबहादुर खड्काले भालुढुङ्गा विकास समितिलाई सम्मान प्रदान गरेका थिए । संस्थाको तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष रजिन खड्काले सम्मान ग्रहण गरेका थिए ।
संस्थाको पहल एवं सक्रियतामा इलामको ओपिधारा देखि चियाबारी हुँदै भालुढुङ्गा सम्म पदमार्गलाइ आराम गर्न ठाँउ- ठाँउमा बेन्च ब्यवस्थापन, ओढार छिर्ने मुखमा भालुको मुखाकृती सहितको प्रबेशद्दार निर्माण, बुद्द र शिवजीको मुर्ति स्थापना, टिहाउस तथा पदमार्ग निर्माण लगायतको धेरै काम भएको छ । इलाम सदरमुकाम आउने पर्यटन एवं स्थानीय बासिको समेतको भालुढुङ्गा पहिलो रोजाइ हुन थालेको छ । यसै क्षेत्रमा होमस्टे समेत संचालनमा रहेको छ ।
यहाँ नयाँ बर्ष लगायत विभिन्न चाड र उत्सवमा सयौं पर्यटनको भिड हुने गरेको छ भने दैनिक दर्जनौं बाहिय एवं आन्तरिक पर्यटक आउने गर्छन् । नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनको लागि य; क्षेत्रमा पर्यटकलाइ आकर्षण गर्ने एवं मनोरञ्जन दिने थप कामहरु भइरहेका छ्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार