इलाम । शनिबार बिहानै देखी छेलेथुम्की डाँडालाई कुहिराले ढाकेको थियो । १० बज्न लाग्दा डाँडामा स्थानीयको ठूलै भिड लाग्यो । इलाम नगरपालिकाकी उपप्रमुख शुशिला नेम्वाङ सहितको एक टोली पनि उक्त स्थान पुग्यो । केहि औपचारीक कार्यक्रम पनि उक्त अवसरमा भयो अनि अग्रज पाइलट सानोबाबु सुनुवारले डाँडामा उडाए प्याराग्लाइडिङ्ग । एउटा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरेपछि पाईलट सुनुवारले भने ‘यो डाँडामा ब्यवसायीक रुपमा प्याराग्लाइडिङ्गको ब्यवसाय गर्न सकिन्छ ।’

इलाम नगरपालिका वडा नम्बर तीन पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तिर्थ गुरुङ्ग, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, प्याराग्लाइडिङ्गका अग्रज पाइलट सानो बाबू सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गरेका थिए ।
छेलेथुम्की डाँडाबाट उडान भरेको प्याराग्लाइडिङले ५०० मिटर दुरीमा रहेको थलथले खेल मैदानमा सफलता पूर्वक ल्याण्ड गरेको थियो । उक्त स्थानबाट परीक्षण उडान सफल भएपछि संचालनको अनुमती लिएर ब्यवसायीक रुपमा चाडै प्याराग्लाइडिङ संचालन गरिने संयोजक हेमन सुनुवारले बताउनु भयो । छेलेथुम्की डाँडा समुन्द्र सतहबाट १७ मिटरको उचाईमा पर्दछ । यस अघि इलामका अन्य स्थानमा समेत प्याराग्लाइडिङको परीक्षण उडान गरिएको भए पनि कानुनी अड्चन लगायतका कारण ब्यवसायीक रुपमा संचालनमा आउन भने सकेको छैन ।
https://www.facebook.com/garjanilam/videos/540874329847225/UzpfSTEwMDAwMDU3NDQ4NjUwNDozMDg5NTQwODY3NzQxNjk5/