फिक्कल । साकेला कप रनिङ फुटबल प्रतियोगिताको उपाधी तीनघरे फुटबल क्लबले जितेको छ । सूर्योदय नगरपालिका–११ स्थित केराबारी आधारभुत विद्यालयको खेलमैदानमा भएको फाइनलमा तीनघरेले मोक्ष गोदकलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी आफनो पक्षमा पारेको हो । खेलको चौथो मिनेटमा शेखर राईले गरेको गोल नै निर्णायक बन्यो । बिजेता टिमले नगद ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

उपविजेता टिमले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र मात्र प्राप्त ग¥यो । विजेता तथा उपबिजेता टिमलाई युवा समाजसेवी डम्बर खडका र एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीले पुरस्कार वितरण गरे । प्रतियोगिताको वेष्ट डिफेन्डर मोक्षका रोहित राई, वेष्ट गोलकिपर तीनघरेका सर्जन लिम्बु, हाइ स्कोरर भेनस सुन्दरपानीका संजोग खड्का घोषित भए । त्यसैगरी बेष्ट फरवार्ड मोक्षका किरण राई र उदीयमान खेलाडी किस्मत राई घोषित भए ।

साकेला कप आयोजक समितीका संयोजक रविन राईको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी युवा समाजसेवी डम्बर खडका रहेका थिए । कार्यक्रमका विशेष अतिथी एन्फाका केन्द्रिय सदस्य निरोज खड्गी र वडा नं ११ का अध्यक्ष टेकबहादुर राई रहेका थिए । समापन समारोहमा बोल्दै प्रमुख अतिथी खड्काले इलाम जिल्ला खेलकुदको संभावना भएको क्षेत्र भएकाले जिल्लाको खेलकुद क्षेत्र प्रर्वद्धनमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रमका विशेष अतिथी निरोज खड्गीले जिल्लाका यस्ता प्रतियोगिताहरुबाट नै देशले राष्ट्रिय स्तरको खेलाडी पाउने बताए ।
उनले पुर्वाधार अभावका कारण अपेक्षा अनुसार फुटबल खेलले विकास लिन नसकेको बताए । निहारिका पार्टनर स्र्पोटिङ क्लबका अध्यक्ष ज्ञानु राईले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । समापन समारोहकै अवसरमा गायक सुरेश कुमारको सांगितिक प्रस्तुती समेत रहेको थियो । उनले करिव आधा घण्टा केराबारीबासीलाई आफनो संगितमा झुमाए ।

ग्रामिण क्षेत्रमा फुटबल खेलको विकास गरि सवल र सक्षम खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न स्थानिय तहका ३२ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता गत मंसिर २४ गतेबाट संचालनमा आएको थियो ।