आमचोक । श्री सिंहदेवि माध्यमिक बिद्यालय फाकफोकथुम–७ को ६३ औं बार्षिक उत्सव सम्पन्न भएको छ । प्रदेश साँसद धिरेन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बार्षिक उत्सवको अवसरमा शिक्षाप्रेमी ब्यक्तित्वको रुपमा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रले सम्मानीत गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समिती अध्यक्ष टंक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापनमा संविधानसभा सदस्य नगेन्द्र कुमाल, फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ, उपाध्यक्ष सरस्वती राई, शिक्षा समन्वय इकाइ इलाम प्रमुख शम्भु थापा लगायत पार्टी प्रतिनिधि, संघसंस्था प्रमुख एवं प्रतिनिधि, स्थानीय जनप्रतिनिधि विद्यालय ब्यवस्थापन समितिका पुर्ब अध्यक्ष एवं पुर्ब प्रधानध्यापक, संघसंस्था प्रमुख एवं प्रतिनिधि पालिका अन्तर्गत विद्यालय ब्यवस्थापन समिती अध्यक्ष एवं प्रधानध्यापकको उपस्थित रहेको थियो ।
बार्षिक उत्सवको अवसरमा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम, पुर्ब प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समिती अध्यक्ष, जग्गादाता, अक्षयकोष दातालाई सम्मान गरिएको थियो । प्रतियोगितामा विजय विद्यालय एवं विद्यार्थीलाई पुरस्कार नगद, स्टेसनरी सामाग्री एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।