Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

जनता सेभेन र मोक्ष गोदक आज भिडदै

जनता सेभेन र मोक्ष गोदक आज भिडदै

  • लोकल सन्देश
  • बिहिबार, पौस १० २०७६


जनता सेभेन र मोक्ष गोदक आज भिडदै

फिक्कल । इलामको सुर्योदय नगरपालिका–११ केराबारीमा जारी साकेला रनिङ कप अन्र्तगत अन्तिम सेमीफाइनल खेलमा जनता सेभेन र मोक्ष गोदकबिच प्रतिस्पर्धा हुँदैछ । निहारिका पार्टनर स्र्पोटिङ क्लबको आयोजनामा केराबारी आधारभुत विद्यालयको खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा तीनघरे फुटबल क्लब फाइनल प्रवेश गरिसेको छ । पहिलो सेमीफाइलनमा भेनस सुन्दरपानीमाथी ३–२ गोल अन्तरले पन्छाउँदै तीनघरेले कम्तीमा ४० हजार सुरक्षित गरिसकेको छ ।
प्रतियोगितामा इलामका ३२ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेता टिमले नगद ६० हजारका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल पुष १२ गते हुनेछ । त्यसैगरी दोश्रो हुनेले नगद ४० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिले जनाएको छ । व्यक्तिगत विद्या तर्फका उत्कृष्टलाई नगद २ हजारका दरले प्रदान गरिने आयोजक समितिका प्रचार संयोजक विवेक राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार