Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियूले माग्यो मरब क्याम्पस प्रमुख गुरागाईंको राजिनामा

अनेरास्ववियूले माग्यो मरब क्याम्पस प्रमुख गुरागाईंको राजिनामा

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ९ २०७६


अनेरास्ववियूले माग्यो मरब क्याम्पस प्रमुख गुरागाईंको राजिनामा

इलाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंको राजिनामा माग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले आज एक विज्ञप्ति जारी गरेर क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो । अनेरास्ववियुका क्याम्पस अध्यक्ष दर्शन राई र अखिल (क्रान्तिकारी) क्याम्पस सचिव महिमा गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा रामप्रसाद गुरागाईंले हजारौं विद्यार्थीको भविष्य अन्यौल बनाएको भन्दै राजिनामा माग गरिएको बताइएको छ ।
संगठनले विज्ञप्तिमार्फत् मिति २०७६ कार्तिक २४ गते बुझाएको १८ बुँदे मागपत्रलाई बेवास्ता गरेर लगत्तै काठमाण्डौं भागेका क्याम्पस प्रमुख संगठनलाई वार्तामा बोलाएर ४० दिनदेखि काठमाण्डौं बसेर क्याम्पस अस्तव्यस्त बनाएको कुराको निन्दा एवं भत्र्सना गरेको छ ।“क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरुको भविष्यलाई अन्यौल बनाएर क्याम्पस र क्याम्पस बाहिरका २÷४ जना गैरजिम्मेवार अराजक मान्छेहरुको गोटी बनेर प्रमुखले देखाईरहेको कार्यशैलीले समग्र क्याम्पसको भविष्य नै अन्यौलतातर्फ धकेलिएको हाम्रो बुझाई रहेको छ ।” विज्ञप्तिमा अघि भनिएको छ– “यस्तो जटिल परिस्थितिबाट बाहिर आउनलाई निकास भनेको क्याम्पस प्रमुखको राजिनामा मात्र हो भन्ने निश्कर्षमा हामी पुगेका छौं ।”
विज्ञप्तिमा तुरुन्त राजिनामा दिएर प्रमुखले मार्ग प्रसस्त नगरे संगठनले कडा कदम चाल्ने चेतावनी दिनुका साथै त्यसबाट आउने परिणामको जिम्मेवार क्याम्पस प्रमुख र क्याम्पस प्रशासन स्वयम् हुनुपर्ने उल्लेख गरिएको छ ।
४० दिनदेखी काठमाण्डौमा प्रमुखको बास
एकातिर क्याम्पसको काम गर्ने बहाना बनाएर केही दिनका लागि काठमाण्डौं गएका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईं ४० दिनदेखि काजमा काठमाण्डौं छन् । यसबीचमा उनले क्याम्पसको कुनै काम गरेको बुझिएको छैन भने लाखौं पैसा काज बापत खाएको खुल्न आएको छ । अर्कातिर क्याम्पस दिनदिनै अस्तव्यस्त बन्दैछ भने उनको अझै इलाम आएर क्याम्पसको काममा फर्कने अत्तोपत्तो छैन । अनेकौं बहानामाथि बहाना बनाएर उनी काठमाण्डौंमा मस्तीले बसिरहेको क्याम्पसकै प्राध्यापक, कर्मचारीहरु बताउँछन् ।

फाइल तस्बिरः पदभार ग्रहण गर्दै क्याम्पस प्रमुख गुरागाई

निमित्त प्रमुखले दिए अर्कोलाई निमित्त
क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले जानकारी समेत नगराई काठमाण्डौं जानुपूर्व सहायक क्याम्पस प्रमुख पूर्णप्रसाद ढुंगानालाई निमित्त प्रमुखको जिम्मेवारी सुम्पिएका थिए । क्याम्पस प्रमुख गुरागाईंको गतल नियत थाहा पाएपछि निमित्त प्रुमख पूर्णप्रसाद ढुंगानाले आजैका मितिबाट अर्का सहायक क्याम्पस प्रमुख पुष्पकुमार ढुंगानालाई निमिक्त प्रमुखको जिम्मेवारी दिएका छन् । यद्यपी निमिक्त दिइएको पत्रमा आमा बिरामी भएर घर जानुपर्ने भन्ने खुलाएका छन् ।
प्रजातान्त्रिक प्राध्यापक संघ, क्याम्पस इकाईले निकाल्योा विज्ञप्ती  
क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंको कारण क्याम्पस अस्तव्यस्त भएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट प्रगतिशील प्र्राध्यापक संघ नेपाल मरब क्याम्पस इकाई समितिले आजै एक प्रेस विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा भनिएको छ– “सहायक क्याम्पस प्रमुख श्री पूर्णप्रसाद ढुुंगानालाई बिना जानकारी निमित्त प्रमुखको जिम्मेवारी दिई क्याम्पस प्रमुख श्री क्याम्पस प्रमुख श्री रामप्रसाद गुरागाई ४० दिनभन्दा बढी समय काठमाण्डौं बस्नु, प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी उपर कुनै कारबाही नहुनु, क्याम्पसका प्राध्यापक कर्मचारीको इज्जत र प्रतिष्ठाको सस्तो बजारीकरण हुदै जानु र गैह्र बौद्धिक गतिविधिहरुका कारणले क्याम्पसको शैक्षिक र प्राज्ञिक उन्नयनमा गिरावट हुँदै गएको प्रतित हुन्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार