करफोक । सूर्योदय नगरपालिकामा सम्पन्न भएको अन्तर मावि फुटबल प्रतियोगिताको उपाधी श्रीकृष्णाश्रम मावि कन्याम र करफोक मावि करफोकले जितेका छन् । करफोक खेलमैदानमा भएको फाइनल खेलमा छात्रा तर्फ श्रीकृष्णाश्रम मावि कन्यामले फिक्कल मा वि फिक्कललाई टाईबेकरमा ३ को बिरुद्ध ४ गोल गर्दै फाईनल उपाधी जित्न सफल भएको हो । छात्र तर्फ करफोक माबिले फिक्कल मा विलाई ० को विरुद्ध २ गोल अन्तरले हराउदै उपाधी जितेको हो । करफोकको जितमा अनिश राई र विशाल राईले गोल गरे । बिजेता टिमले नगद १५ हजार तथा उपविजेता टिमले नगद १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
सूर्योदय नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा तेस्रो स्थानका लागि भएको खेलमा छात्रा तर्फ सिहंदेवि मा वि र छात्र तर्फ सरस्वती मा वि बिजयी भएका छन् । सिहंदेवि मावि ले पिसल्यान्ड नेशनल एकाडेमीलाई ३ को बिरुद्ध ४ गोलले हराउदै तेस्रो स्थानमा आफनो स्थान पक्का गरेको छ । सरस्वती माविले गणेश्वरी माविलाई ० को बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो । दुबै टिम ले नगद ५ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र हात पारे ।
यता नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि को टीम र शिक्षक हरुको टिम बिचको मैत्रीपुर्ण खेलमा शिक्षक को टिम बिजयी भएको छ । निर्धारित समयमा गोल नभए पछि टाईबेकरमा ३ को बिरुद्द ४ गोल गर्दै शिक्षक को टिम बिजयी भएको थियो । सूर्योदय नगरपालिकाले बिद्यालयका बिद्यार्थीहरुको शैक्षिकसँगै अरु ज्ञान तथा व्यक्तित्वको विकास होस भन्ने उदेश्यका साथ १२ महिना १२ कार्यक्रम अन्र्तगत बिद्यालयहरुमा हरेक महिना कार्यक्रम गर्दै आएको छ । यसबाट बिद्यालयको बिद्यार्थीहरुको शैक्षिक सगैँ अरु गतिबिधीको पनि विकास भएको छ । नगरपालिकाले यसरी शिक्षामा बिशेष चासो दिएपछि पछिल्लो समय सूर्योदयनगरपालिकाको शैक्षिक गतिबिधीमा सकरात्मक परिर्वतन आएको भन्दै अभिभावक तथा बिद्यार्थी हर्षित भएका छन् ।
नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रकाश राज पौडेलको अध्यक्षता तथा नगरप्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता तथा उपप्रमुख दुर्गा देवि भट्टराईको बिशेष आतिथ्यतामा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा नगरप्रमुख राईले नगरपालिकाले बिधार्थीको चौतर्फी विकासको लागि नगरपालिका सधै कटिबद्ध रहेको प्रष्ट पार्दै खेलले सधै सकारात्मक छाप छर्ने बताए । उनले आगामी दिनमा पनि नगरले विशेष कार्यक्रम ल्याउने बताए । नगर खेल प्रशिक्ष प्रदिप नारायण सैजुले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडा न १२ का अध्यक्ष डोलेन्द्र भारद्वाज करफोक मा बिका बिधालय व्यवस्थापन समिती अध्यक्ष अर्जुन निरौला बुद्ध शान्ती माबि का प्रअ गणेश पौडेलले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु कार्यपालिका सदस्य शिक्षक बिद्यार्थी लगायतको बाक्लो उपस्थिति थियो । बिद्यालयका बिद्यार्थीमाझ यसरी प्रतियोगिता गराउदा एक बिद्यालय सगँ अर्को बिद्यालय घुलमिल हुदै एक अर्काको कुरा सिक्न सहज भएको तथा बिद्यार्थीमा थप शैक्षिक उर्जा मिलेको शिक्षक तथा अभिभावकले बताएका छन् ।कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत योगनिधी भट्टराईले सन्चालन गरेका थिए । प्रतियोगिता गत पुष १ बाट संचालनमा आएको थियो ।