इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम नगर पालिका– ३ पुवामझुवामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटि अध्यक्ष हेमन सुनुवारको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्यकताहरु बिचको एकता नै पार्टी सुद्धिढिकरणको प्रमुख आधार भएको बताए । उनले विकासका कार्यमा पार्टीमा आवद्ध कार्यकताहरुलाई विशेष जोडका साथ लाग्न सुझाव दिए ।
प्रशिक्षणमा नेकपा जिल्ला सचिव सोममाया राई सिन्धु , कार्यलय सदस्य तथा स्कुल बिभाग प्रमुख बिजय खम्बु, नेकपा नगर कमिटी अध्यक्ष प्रवाश शर्मा,पार्टी जिल्ला कार्यलय सदस्य नवराज शंकर , नगर सह–इन्चार्ज तथा सचिवालय सदस्य जीवन शर्मा जिल्ला सदस्य,सन्धि भक्त शंकर,तथा विद्यार्थी नेताहरु इश्वरी तामाङ ,प्रविन सुवेदी लगायत को आतिथ्यता रहेको थियो ।