सन्दकपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सन्दकपुर गाउँपालिका संगठन कमिटीको आयोजनामा सन्दकपुर गाउँपालिकाको सेमेचुङ्ग भवनमा २ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ। कार्यक्रमको उद्घाटनको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धिरेन शर्मा रमणले गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा बोल्दै शर्माले कार्यकताहरु अनुशासित भएर पार्टी सुद्धढ बनाउन लाग्नुपर्ने बताए । सबैको साथले विकासमा देशले छलाङ मार्ने भएकाले सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिए । प्रशिक्षण कार्यक्रममा नेकपा इलाम स्कुल विभाग प्रमुख बिजय खम्बु, प्रचार विभागका संयोजक नवराज शंकर, उमेश गुरुङ लगायतको आतिथ्यता रहेको छ ।