Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापा र इलाम जोड्ने वैकल्पिक मार्गको खोजी

झापा र इलाम जोड्ने वैकल्पिक मार्गको खोजी

  • लोकल सन्देश
  • बिहिबार, मंसिर २६ २०७६


झापा र इलाम जोड्ने वैकल्पिक मार्गको खोजी

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका लागि पदयात्रा सम्पन्न भएको छ। बुधबार र बिहीबारको पदयात्रा होटल व्यवसायी संघ दमकले आयोजना गरेको हो। झापाको दमकदेखि इलाम र पाँचथर जोड्ने नयाँ पदमार्ग पहिचानका लागि पदयात्राको अयोाजना गरिएको संघका अध्यक्ष राजन दंगालले बताए।
दमकदेखि पेरुङ्गे, टोड्के, कुसुन्डे हुँदै पञ्जमी बजार सम्मको पदयात्रामा २६१ जना सहभागी थिए। सडक मार्गको विकास हुनु अघि पहाडी जिल्लाका बासिन्दाका लागि दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न यो मार्ग उपयोगमा रहेको थियो। तर सडक सञ्जालको विकाससँगै उपयोगविहीन रहेको मार्गमा पर्यटन वर्षको सन्दर्भ भारी पदयात्राको आयोजना गरिएको कार्यक्रम संयोजक दिपक फुँयालले जानकारी दिए।
पदयात्राको शुभारम्भ प्रदेश १ का वन तथा पर्यटनमन्त्री जगदिश कुशियत तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए। मन्त्री कुशियतले नेपालको समृद्धि यात्रामा पर्यटनको महत्वपूर्ण हिस्सा हुने भएकाले प्रदेश सरकारले पनि प्राथमिकता दिएको बताए। यस्तै दमकका प्रमुख ओलीले मेची पहाडी जिल्ला र तराइको क्षेत्रलाई जोड्न दमक महत्वपूर्ण क्षेत्र भएको बताए। पर्यटन वर्षको अवसरपारी आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्द्धनमा सघाउ पुर्‍याउन होटल व्यवसायी संघ दमकले पदयात्राको आयोजना गरेको हो।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर होटल व्यवसायी संघ दमकले आयोजना गरेको पदयात्राका लागि बिभिन्न संघ(संस्थाले पनि सहयोग गरेको कार्यक्रम संयोजक फुँयालले जानकारी दिए। पूर्वाधार विकासका दृष्टिकोणले दमकले गति लिए पनि पर्यटन प्रवर्द्धनका दृष्टिकोणले पछि परेकाले दमकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पदयात्रा आयोजना गरिएको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगालले बताए। दुई शताव्दी भन्दा पुरानो बाटो मानिएको यो रुटलाई पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सके पहाड र तराई दुवै क्षेत्रले फाइदा लिन सक्ने उनको भनाई छ।
सडक मार्गको विकास नभएका बेला मेची अञ्चलका पहाडी जिल्लालाई तराईसँग जोड्न उपयोग हुने बाटोलाई पदमार्गको रुपमा विकास गर्न माङ्सेवुङ गाउँपालिकाले पनि प्राथमिकता दिएको छ। पदयात्राका लागि दमक नगरपालिका, माङ्सेवुङ् गाउँपालिका तथा अन्य बिभिन्न संघ संस्थाहरूले सहयोग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार