इलाम, १२ असार । इलाममा लागु औषध ओसारपसारका मुद्धा बढदै गएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवशको अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले प्रस्तुत गरेको तथ्याङकले लागु औषध सहित पक्राउ पर्नेको संख्या बर्षेनी बढदै गएको देखिन्छ ।
श्रेष्ठले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७१÷७२ मा लागु औषध सम्वन्धि ३ वटा मुद्धाका ६ वटा प्रतिवादी मध्ये ३ जना पक्राउ परेका छन भने ३ जना अझै फरार रहेका छन । त्यस्तै ७२÷७३ मा ४ मुद्धाका, १४ प्रतिवादी मध्ये ११ पक्राउ परेका र ३ जना फरार सुचीमा छन । त्यस्तै ७३÷७४ को जेठ मसान्तसम्म लागु औषधको ८ वटा मुद्धाका १२ प्रतिवादीमध्ये १० जनालाई पक्राउ गरी मुद्धा चलाइएको छ भने २ जना अझै फरार छन । कार्यक्रमका अन्य बक्ताहरुले अभिभावकहरुको माया ममर्तबाट टाढा रहेका बालबालिकाहरु लागु औषधको अम्मली हुने गरेको बताएका छन । नेपाल– भारत खुल्ला सिमाना कारण लागु औषधहरु उल्लेख्य मात्रामा नेपाल भित्रने गरेको छ ।
गृह मन्त्रालयले २०६८ बैशाख १ देखी २०६९ जेठ २३ गतेसम्म १८ जिल्लाका २६ नगरपालिकामा लागु औषध नियन्त्रण कार्यक्रम अन्र्तगत गरेको सर्वेक्षणमा नेपालमा लागु औषधको प्रयोगकर्ताको संख्यामा बार्षिक ११.३६ प्रतिशतले बृद्धि भएको देखिन्छ । २०६३ सालमा नेपालमा कडा खालका लागु औषधको प्रयोग गर्नेको संख्या ४६ हजार ३ सय ९ जना रहेकोमा सो संख्या २०६९ मा आइपुग्दा ९३.१ प्रतिशतले बृद्धि भइ ८५ हजार २ सय ४ जना पुगेका छन । लागु औषधको प्रयोगमा १५ देखी ३० बर्ष उमेर समुहका प्रयोगकर्ता बढी रहेको तथ्याङकले देखाएको छ ।