Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

चाङ्लिमिथाङ रंगशालाबाट चम्किएको भुटानी फुटबल

चाङ्लिमिथाङ रंगशालाबाट चम्किएको भुटानी फुटबल

  • नमीन ढकाल
  • सोमबार, मंसिर २३ २०७६


चाङ्लिमिथाङ रंगशालाबाट चम्किएको भुटानी फुटबल

१६ मार्च २०१५ मा विश्व चर्चित पत्रिका द गार्जियनले एउटा समाचार छाप्यो शिर्षक थियो– ‘वर्ल्ड वर्स्ट टिम’ भुटान एम टु मेक हिस्ट्री एगेन्स्ट श्रीलंका अर्थात ‘विश्वकै सवैभन्दा खराब टिम’ भुटानले श्रीलंका विरुद्ध इतिहास बनाउने लक्ष्य राख्यो । दक्षिण एसियाको मात्र होइन तत्कालिन समयमा भुटान विश्वकै सवैभन्दा कमजोर टोली थियो । तर भुटानले विश्वकप छनौट अन्र्तगत जुन नतिजा निकाल्यो त्यसको कल्पना सायदै श्रीलंकाले गरेको थिएन् ।
तत्कालिन समयमा भुटान २०९ औ र श्रीलंका १७३ औ स्थान अर्थात नेपाल भन्दा पनि ७ स्थान माथीको टोली । तर दुवै लेगमा नतिजा अप्रत्यासित नै निस्कियो भुटानको पक्षमा । आफु भन्दा ३६ औ स्थान माथी रहेको टोली श्रीलंका विरुद्ध सन २०१८ को रसिया विश्वकप छनौट अन्र्तगत पहिलो लेगमा उसकै गृह मैदान कोलम्बोमा १–० गोल अन्तरको जित निकाल्यो । दोश्रो लेग पनि राजधानी थिम्पुको चाङ्लिमिथाङ रंगशालामा १७ मार्चमा २–१ को जित निकाल्दै इतिहासमा पहिलो पटक विश्वकप छनौटको दोश्रो चरणमा पुग्यो । १३ औ सागको नतिजालाई छाड्ने हो भने यो नै हालसम्मकै उत्कृष्ट नतिजा हो भुटानी फुटबलको ।


विश्व फुटबलमा छाउन थालेको ३७ बर्षको अवधीमा भुटानले फिफाबाट आधिकारिक रुपमा अनुमती पाएको र नपाएको गरी कुल ९३ खेलमा ११ जित निकाल्यो त्यसमध्ये ५ जित चाङ्लिमिथाङ रंगशालामा नै थियो । भुटानले फुटबल खेल्न सुरु गरेको २० बर्षपछि पहिलो जित निकाल्यो क्यारेवियन टोली मोन्ट्सेरेट विरुद्ध ४–० गोल अन्तरले । तत्कालिन समयमा फिफा वरियताको २०३ औ वरियतामा थियो मोन्ट्सेरेट र भुटान २०२ औ स्थानमा । संयोगवश खेल मैदान चाङ्लिमिथाङ रंगशाला बन्यो । सन १९७४ मा बनाइएको सो रंगशालामा २८ बर्षपछि भुटानले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय खेलमा सहभागी बन्दै जित निकाल्यो । हालसम्मको भुटानको सवैभन्दा फराकिलो जितको रुपमा २३ अप्रिल २००३ मा गुआम विरुद्ध एसिया कप छनौटमा ६–० को रहेको छ । जुन नतिजा पनि चाङ्लिमिथाङमा नै थियो ।
४ दिनपछि सोही मैदानमा कम्वोडियासँग गोलरहित बराबरीको नतिजा समेत निकाल्यो । हालसम्म कुल १५ खेल भुटानले चाङलिमिथाङमा खेल्दै ५ जित र १ बराबरी खेल्यो अन्य खेल उसको पक्षमा रहेन् । अहिलेको एसियाको बलियो मानिएको कतार विरुद्ध रसिया विश्वकप छनौटको पहिलो लेग १५–० ले हारेको टोलीले २ महिना पछि दोश्रो लेगमा सुधारिएको खेल देखाउँदै घरेलु मैदान चाङ्लिमिथाङमा ३ गोल मात्र खान पुग्यो । त्यसैगरी एसिया कप क्वालिफायरको तेश्रो चरणको पहिलो लेगमा ओमानसँग १४–० ले हारेको टोली दोश्रो लेगमा घरेलु मैदानमा सुधारिएको खेल देखाउँदै ४–२ ले मात्र पराजित बन्यो । हङकङ, चीन जस्ता टोली विरुद्ध समेत घरेलु भुमीमा भुटानले सम्मानजनक पराजय व्यर्होरेको छ ।
किन नेपाल र भुटानलाई चाङ्लिमिथाङ सहज
हरेक टोलीका लागी घरेलु मैदान तुलनात्मक रुपमा सहज मानिन्छ । तर नतिजा घरेलुको टोलीको पक्षमा हुन्छ भन्ने रहदैन । तर पनि समान स्तरको टिम विरुद्धको खेलमा घरेलु टोलीको जित संभावना अलि बढी नै हुन्छ । अन्य देशका तुलनामा भुटानको संभावना भने १७ बर्षको अवधीमा तुलनात्मक रुपमा घरेलु मैदानमा बढी नै देखिन्छ । भुटानलाई घरेलु मैदान सहज हुनुको मुख्य कारण त्यहाँको मौसम पनि हो । भुटानको राजधानी थिम्पु विश्वकै तेश्रो अग्लो स्थानको राजधानी हो जुन २६४८ मिटर उचाईमा छ । र त्यही सहरमा छ चाङ्लिमिथाङ रंगशाला । त्यहाँ ९० मिनेट फुटबल खेल्न पनि निक्कै असहज नै मानिन्छ । समुन्द्री सतहबाट नजिकै रहेका अरबी मुलुक विरुद्ध भुटानको नतिजा घरेलु भुमीमा सन्तोषजनक रहेको छ ।


विश्वकप छनौट अन्र्तगत कुवेतले नेपाल विरुद्ध भुटानी मैदानमा खेल्नका लागी आनाकानी गर्नुको कारण पनि मौसम अनुकुलता नै हो । कुवेतले उनीहरूको वातावरण सुहाँउदो देश कतारमा खेल आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) सँग पहल थालेको थियो । तर एएफसीले नेपालको वातावरणसँग मिल्दो भुटानमा खेलस्थलको अन्तिम निर्णय गरेपछि थिम्पु स्थित चाङ्लिमिथाङ रंगशालामा खेल भयो जहाँ नेपालले सुधारिएको नतिजा निकाल्यो । अवे खेलमा ७–० ले हारेको नेपाल चाङिलिमिथाङमा मात्र १ गोल खान पुग्यो । अरबी मुलुक कुवेतको सवै भन्दा अग्लो भु–भाग नै समुन्द्री सतह भन्दा ३०८ मिटर मात्र छ ।
भुटानी फुटबलका नायक
सन २०१२ पछाडी नै हो भुटानले बढी भन्दा बढी प्रतियोगितामा सहभागीता जनाएको । धेरै जसो नतिजा उसको पक्षमा रहेन तर केही यस्ता नतिजा निस्कियो जसको कल्पना समेत गरिएको थिएन् । कतार, ओमन, चीन र हङकङ विरुद्ध दोश्रो लेगको नतिजा, विश्वकप छनौटको दोश्रो चरण र १३ औ सागमा श्रीलंका, माल्दिभ्स र बंगलादेश विरुद्धको जित केही उदाहरण हुन् । उमेर समुहको प्रतियोगितामा समेत भुटानले ठुलै फड्को मारेको मान्न सकिन्छ । जसका लागी नायक हुन भुटान फुटबल संघका अध्यक्ष तथा एसिया फुटबल महासंघ एएफसीका कार्यकारी सदस्य उगेन सेन्छुप दोर्जी । दोर्जी दक्षिण एसियाको माल्दिभ्स बाहेकका राष्ट्रको प्रतिनिधित्व गर्दै सन २०२३ सम्म एएफसीको कार्यकारी सदस्यको रुपमा छन् ।


भुटानमा फुटबल भित्र्याउने मध्येका एक दोर्जीले ४ बर्ष अघि बिबिसीसँगको अन्र्तवार्तामा भनेका थिए ‘सानो छँदादेखि नै म स्कूलको टोलीका लागि खेल्ने गर्थें र त्यसपछि जब म विश्वविद्यालयमा थिएँ, म मेरो कलेजको टीमको लागि खेल्थें र जब म फर्किएँ, तब म पनि सामेल भएँ’ सेन्छुप भन्छन ‘प्रजातन्त्र अघि हामीसँग सधैं मन्त्रीहरू थिए जसले फुटबल महासंघका अध्यक्षको पद लिने थिए तर प्रजातन्त्रपछि म प्रोत्साहित भएँ, चुनावमा खडा भएँ र म विजयी भएँ ।’ फुटबल संघको अध्यक्षमा उगेन सेन्छुप दोर्जी आएपछि नै हो भुटानी फुटबललाई द गार्जियन र बिबिसीले ‘विश्वकै नराम्रो फुटबल टिम’ को अप्रत्यासित नतिजा भन्दै समाचार प्रकाशन गरेको ।

प्रतिक्रिया
सम्बन्धित समाचार