Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फुटबलको उपाधी अर्जुनधारालाई

फुटबलको उपाधी अर्जुनधारालाई

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर २२ २०७६


फुटबलको उपाधी अर्जुनधारालाई

माई । माई नगरपालिकामा भएको नकाउट फुटबल प्रतियोगिताको उपाधी अर्जनधाराले जितेको छ । नमुना युवा समुह माई नगरपालिका- ४ को आयोजनामा भएको फुटबल प्रतियोगिताको फाइनलमा माई नगरपालिका–२ सित्तलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जुनधाराले नगद १० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको सित्तलीले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा इलाम र झापाका गरी १४ टिमको सहभागीता रहेको थियो ।


एक दिवसिय भनेर आयोजित प्रतियोगितामा टिम संख्या बढी भएपछि ३ दिनसम्म संचालन गरिएको नमुना युवा समुहका अध्यक्ष श्याम मगरले जानकारी दिए । श्याम मगरको अध्यक्षतामा भएको समापन समारोहमा माई नगरपालिका उपप्रमुख विष्णुमाया रिमालको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको उद्धघाटन नगर प्रमुख दिपककुमार थेवेले गरेका थिए ।
प्रतियोगिताको प्रथम पुरस्कार वैदेशिक रोजगारका लागी दुवईमा रहेका रन्जित काफ्ले र सानिमा बैंकले उपलव्ध गराएको थियो भने दोश्रो पुरस्कार बैदेशिक रोजगारमा नै रहेका स्थानिय राजिन मगरले उपलव्ध गराएको क्लबका सचिव सुमन आर्चायले जानकारी दिए । शिल्ड तथा मेडल साना किसान महिला कृषि सहकारीले प्रायोजन गरेको थियो ।


नरकुमारले दिए क्लबलाई खेलकुद सामाग्री
पुर्व खेलाडी एवम रेफ्री नरकुमार मगरले नमुना युवा समुहलाई खेलकुद सामाग्री प्रदान गरेका छन् । साउदी अरबबाट गृह नगर आएको बेला मगरले क्लबको लागी १२ थान जर्सी, १/१ थान फुटबल र नेट प्रदान गरेका हुन् । गाउँका युवाहरुमा फुटबल क्रेज देखेपछि विदेशबाट नै खेलकुद सामाग्री ल्याएको मगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार