फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले सिटामोल छाडेर जडिबुटीमा विश्वास राख्न आग्रह गरे । उनले शिक्षा र अविश्वासको अभावमा ५ हजार बर्ष पुरानो आयुर्वेद पद्धती ओझेलमा परेको बताउँदै सवै नागरिकहरुलाई सिटामोल छाडेर आयुर्वेदिक औषधी प्रयोग गर्न सल्लाह दिए । बिहिबार मेची आयुर्वेद अस्पतालको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री खनालले राज्य संचालन गर्ने औषधालयको सरकारले लामो समय सम्म महत्व नबुझदा आयुर्वेद प्रति विश्वास गुम्दै गएको बताए ।
उनले अस्पताल नहुँदा जडीबुटीकै भर रहेको स्मरण गर्दै एलोपेथिक भन्दा परम्परागत रुपमा प्रयोग हुँदै आएको आयुर्वेदिक पद्धती विश्वसनिय र जोखिम रहित हुने बताए । कार्यक्रममा संबिधानसभा सदस्य टिकाराम सुव्वा लाप्चाले जोखिम न्युन हुने भएकाले आयुर्वेदले आयु वृद्धिमा समेत योगदान दिने बताए । यस्तै प्रदेश सभा सदस्य खिनु लङवा लिम्बुले प्रदेश १ सरकारको लगानीमा चार स्थानमा आयुर्वेद अस्पताल संचालनमा ल्याईएको जानकारी दिइन । उनले इलामका बिभिन्न स्थानमा जडिबुटीको संकलन र प्रसोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताइन् ।
कार्यक्रममा संबिधानसभा सदस्य टिकाराम सुव्वा लाप्चाले जोखिम न्युन हुने भएकाले आयुर्वेदले आयु वृद्धिमा समेत योगदान दिने बताए । उनले इलामका बिभिन्न स्थानमा जडिबुटीको संकलन र प्रसोधन केन्द्र स्थापना गर्ने तयारी भइरहेको बताइन् । यस्तै कार्यक्रममा सामाजिक बिकास मन्त्रालय अन्तर्गतको आयुर्वेद कार्यालयका प्रशासन प्रमुख अम्बीका चौलागाँईले सबैको पहँचमा पु¥याउन प्रदेश सरकारले आयुर्वेद क्षेत्रमा लगानी बढाउने जानकारी दिए । आईतबारेमा अहिले दैनिक तीनसय बढीले आयुर्वेद पद्धतीबाट उपचार गराउदै आएका छन् ।
आयुर्वेद औषधालय अस्पतालमा परिणत
साविक मेची अञ्चलको इलाम झापा, पाँचथर र ताप्लेजुङमा औषधालयको रूपमा रहेर सेवा दिँदै आएको १५ शैयाको औषधालयलाई प्रदेश १ सरकारको पहलमा स्तरउन्नति तथा सेवा विस्तार गरी अस्पतालका रूपमा संचालनमा ल्याइएको हो। अस्पतालमा हाल पंचकर्म सेवा, सिरोधारा, स्थानीक वस्ती (तेलले सक्ने) क्षार सुत्र विधिबाट फिष्टुलाको उपचार गर्ने, फिजियो थेरापी सेवा, अंकुपंकर सेवा, इमरजेन्सी सेवा, शःसुल्क फार्मेसी सेवा, विशेषज्ञ चिकित्सक सेवा उपलब्ध छ।

विस २०३८ सालमा स्थापना भएको उक्त कार्यालयअन्तर्गत रहेर इलामको मंगलबारे, इलाम बजार जमुना र एकतप्पामा सेवा संचालन गर्दै आएको छ। लेकाली क्षेत्रमा पाइने विभिन्न जडिबुटीको प्रसोधन गरी निर्माण गरिएको औषधिको प्रयोग गरि बिरामीको उपचार गरिँदै आएको छ। अस्पतालका कार्यालय प्रमुख तथा आयुर्वेदविज्ञ तीर्थ आचार्यले पाँच हजार वर्ष पुरानो चिकित्सा पद्धतिले सार्थक्ता पाएको बताए।
उनले आयुर्वेदको महत्व बुझाउनका लागि सर्वसाधारणमा आयुर्वेद पद्धति र यसको फाइदाबारे जानकारी गराउन सक्नु पर्ने बताए। कार्यालयमा अब २४सै घण्टा सेवा प्रदान गरिने उनले जानकारी दिए। पाँचवटा कोठामा अस्पताल संचालनमा अभाव भएपछि हाल भवन भाडामा लिएर संचालन गरिएको छ। कार्यालय प्रमुख आचार्यका अनुसार कार्यालयको सेवा गाउँगाउँमा विस्तार गर्न प्रदेश सरकारको सहयोग र स्थानीय सरकारको समन्वयमा इलामको माइजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिकाबाट कार्यालय संचालन गरि सेवा विस्तार गर्ने तयारी थालिएको छ।