लारुम्बा । मानेभञ्ज्याङ स्पोर्टिङ क्लव दार्जिलिङ १२ औं संस्करणको आत्मानन्द कप फूटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । माङसेवुङमा जारी प्रतियोगितामा एएससी अर्जुनधारा झापाविरुद्ध २–० को सहज जित निकाल्दै दार्जिलिङले कम्तीमा १ लाख १ सय ६६ रुपैयाँ सुरक्षित गरेको हो ।
दार्जिलिङले दुवै हाफमा १÷१ गोल गरेको थियो । खेलको २२औं मिनटमानै दार्जिलिङका आशिस राईले गोल गरी टिमलाई अग्रत ादिलाएका थिए । विपक्षीलाई निरन्तर दवावमा राख्न सफल दार्जिलिङले ६० औं मिनटमा अग्रता दोब्बर बनायो । पुजन राईले टिमका तर्फ बाट दोश्रो गोल २–० को सहज जित दिलाए । खेलको म्यान अफ दि म्याच दार्जिलिङका भवेश राई घोषित भए ।
उपाधिका लागि दार्जिलिङले सोमबार हुने अन्तिम सेमिफाइनलको विजेतासँग खेल्नेछ । अन्तिम सेमिफाइनल रेडस्टार क्लब विर्तामोड र भाङबारी स्पोर्टिङ युथ क्लब दमक बीच हुँदैछ । किरातधर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवकाअवसरमाआयोजितामा ८ टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँर उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट कोचले पनि नगद पुरस्कार पाउनेछ ।