Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारमा नेपाल कम्युनिष्ट पार्टीको पालिका स्तरिय प्रशिक्षण

नयाँबजारमा नेपाल कम्युनिष्ट पार्टीको पालिका स्तरिय प्रशिक्षण

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १५ २०७६


नयाँबजारमा नेपाल कम्युनिष्ट पार्टीको पालिका स्तरिय प्रशिक्षण

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिकाकाे केन्द्र नयाँबजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पालिकास्तरीय एक दिवशीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी गाउँपालिका अध्यक्ष छिरिङ्ग मोक्तानको अध्यक्षता एवं केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष रामबहादुर राना, प्रदेश कमिटी सदस्य खिनु लङवा लिम्बु, जिल्ला कार्यालय सदस्य भक्त केसी जिल्ला स्कुल विभाग प्रमुख तेजबहादुर राई (बिजय), जिल्ला कार्यालय सचिव नवराज शंकर लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शर्माले दुई कम्युनिष्ट पार्टीको एकतापछिको बैचारिक सिद्धान्त र आगामी दिनमा पार्टीको भावी रणनितीका बारेमा प्रशिक्षण दिएका थिए । त्यसैगरी जिल्ला अध्यक्ष रानाले समाजवाद र समाजवादको आगामी कार्यदिशाको बारेमा आफनो धारणा राखेका थिए । प्रदेश सांसद तथा नेकपा प्रदेश सदस्य लिम्बुले विकास निर्माणमा प्रदेश सकारको लगानी र विकास निर्माणलाई कसरी समाजवादसँग जोडेर लग्ने बारेमा प्रशिक्षण दिएकी थिइन् ।
स्कुल विभाग प्रमुख राईले नेपालमा कम्युनिष्ट आन्दोलनको बारेमा उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा माइजोगमाई गाउँपालिकाका २ सय बढी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार