Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विरासत जाेगाउन चुनावी प्रचारमा लाग्दा झलनाथ खनाल अस्वस्थ

विरासत जाेगाउन चुनावी प्रचारमा लाग्दा झलनाथ खनाल अस्वस्थ

  • नमीन ढकाल
  • आइतबार, असार ११ २०७४


विरासत जाेगाउन चुनावी प्रचारमा लाग्दा झलनाथ खनाल अस्वस्थ

इलाम । निर्वाचनको मौन अवधीको पुर्वसन्ध्यामा आयोजना भएको नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्न प्रमुख वक्ताको रुपमा रहेका पुर्वप्रधानमन्त्री एवम बरिष्ठ नेता झलनाथ खनाललाई सभालाई सम्वोधन गर्न असहजता देखिएको थियो । खनाल सभालाई सम्वोधन गर्दा विचबिच रोकिन्दै हास्थे । उनले सभालाई सकिन नसकि सम्वोधन गरिरहेका थिए ।

सम्वोधनका क्रममा आवाज मधुरो हुँदै गएपछि केही समय रोकिदै पुन सभालाई सम्वोधन ग¥थे । उनले बारम्वार घाटीमा समस्या छ भन्दै सभालाई सम्वोधन गरे । अन्तमा सभालाई सम्वोधन गर्न असहजताको सिमामा पुगेपछि “ बाँकी रहेका सवै कुरा सुवास जीले भन्नुहुनेछ” भन्दै संचालक नवराज शंकरलाई माइक्रोफोन हस्तान्तरण गर्दै विदा लिए ।

खनाल इलाम आइपुगको दिन देखी चुनावी प्रचारलाई तिव्र रुपमा बढाउदै आएका थिए । पहिलो संविधानसभामा बिजय बनेपछि प्रधानमन्त्री समेत बनेका खनाललाई इलाम क्षेत्र नं १ मा विकासका निर्माणका कार्यहरु जनताको अपेक्षा अनुरुप नगरेको भन्ने आरोप समेत लाग्दै आएको थियो । तर, खनालले दोस्रो संविधानसभा चुनाव जितेरै आफूमाथिको आरोपको ‘खण्डन’ गर्न बारम्बार आफ्नो चुनाव क्षेत्रमा कार्यकर्ताहरुसँग भेटघाटलाई तिव्रता दिन थालेका थिए । सोही अनुरुप खनालले स्वास्थ्यको ख्याल समेत नगरि चुनावी प्रचारमा होमिए ।

पहिलो र दोश्रो संविधानसभामा बिजय भएको इलाम क्षेत्र नं १ एमालेको पकड क्षेत्र मानिन्छ । आफनो विरासत जोगाउनका लागी पनि खनालले चुनावी सभालाई विशेष महत्व दिएर प्रचारमा लागे । २०७४ माघ ७ सम्ममा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न हुने भएकाले ती निर्वाचनको परिणाम समेत आफ्नो पक्षमा सुरक्षित गर्ने प्रयासमा खनाल चुनावी अभियानमा जोडतोडसाथ लागेका थिए ।
शुक्रवार राती ११ बजेसम्म जिर्मलेमा कार्यकता भेटघाटमा व्यस्त रहेका खनाल साँझ १ बजेमात्र फिक्कल आइपुगेका थिए । त्यस लगतै शनिवार लक्ष्मीपुर र फिक्कलको आमसभालाई सम्वोधन गरेका थिए । नेकपा एमाले जिल्ला उपाध्यक्ष भक्त केसीले भने “राती अवेरसम्म चुनावी प्रचारमा लागेका कारण नेता ज्युको स्वास्थ्यमा केही समस्या देखिएको थियो । आजको सभामा पनि उहाँले खासै धेरै सम्वोधन गर्नुभएन । अन्तिम चुनावी सभा भएकाले पनि उहाँले सम्वोधन गर्नु जरुरी रहेकाले मात्र केही मन्तव्य राख्नु भयो”े
निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिन (असार ४) गते खनाल जिल्लाको रोङ गाउँपालिका आइपुगे । खनाल रोङमा उम्मेदवारी दर्तामा सहभागी भएर सूर्याेदय नगरपालिकामा ‘चुनावी रणनीति’ बारे स्थानीय नेता–कार्यकर्तासँग छलफल गरे । सुर्योदय नगरमा राम्रालाई भन्दा हाम्रालाई टिकट दिलाएको भन्दै कार्यकताहरुमाझ नै विरोधका पात्र बनेका खनालले असन्तुष्ट कार्यकताहरुसँग भेट गरेर उम्मेदवार रणबहादुर राई (आरबी) को प्यानललाई जिताउन अपिल गरे ।

सूर्याेदय नगरपालिका र रोङ गाँउपालिका खनालले संविधानसभाका दुईवटै निर्वाचन जितेको इलामको क्षेत्र नम्बर १ मा पर्छन् । २०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले खनाललाई नै पराजित गरेका थिए । २०६४ सालको संविधासभा निर्वाचनमा पुनः खनालले प्रसाईंलाई पराजित गरे । खनालले ०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका वर्तमान जिल्ला सभापति हिमालय कर्माचार्यलाई १ नम्बर क्षेत्रमा पराजित गरेका थिए ।

खनाल असार ५ गते बिहानै सदरमुकाममा कार्यकताहरुलाई भेटेर आफ्नो जन्मगाउँ साखेजुङ हुँदै पुवामझुवा पुगे । त्यहाँ पुगेर पनि उनले एमालेका कार्यकताहरुलाई सम्वोधन गर्दै एमालेलाई सुर्य चिन्हमा भोट दिन आग्रह गरे । असार ६ गते खनालले बरबोटे र सुलुबुङको चुनावी सभालाई सम्वोधन गरे । असार ७ गते नयाँ बजारको चुनावी सभालाई सम्वोधन गरेका खनालले ८ गते सन्दकपुरमा कार्यकताहरुलाई सम्वोधन गर्दै उदय राईको टिमलाई जिताउन आग्रह गरेका थिए ।

९ गते खनालले जिर्मलेमा चुनावी सभा गरेर राती ११ बजेसम्म कार्यकताहरुलाई भेटघाट गरेर १ बजेमात्र फिक्कल आइपुगेका थिए । अस्वास्थ्यताका बाबजुद पनि १० गते लक्ष्मीपुर र फिक्कलमा चुनावी सभालाई खनालले सम्वोधन गरेका थिए । पार्टीले आयोजना गर्ने सभा र भेलामा खनालको अनिवार्य उपस्थिती हुने गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार