इलाम । इलाम नगरपालिका–५ बरबोटे स्थिति अमर माबि मा संचालित अमर स्काउट दलमा आबद्ध विद्यार्थीहरुको दिक्षान्त सम्पन्न भएको छ । अमर स्काउट दल समितिका अध्यक्ष तथा बिद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाको अध्यक्षता तथा शिक्षक अभिभावक सघका अध्यक्ष खुस बहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्काउट इलामका जिल्ला आयुक्त कृष्ण कुमार घले, बिद्यालय ब्यबस्थापन समितिका सदस्य पुनम भट्टराई, सहायक प्रअ जयनारायण भट्टराई प्रमुख अतिथि लिम्बु लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
दल समिति अध्यक्षले समापन गरेको कार्यक्रमको स्काउटर प्रेमराज लिम्बुले स्वागत र स्काउटर अर्जुन शर्माले स्काउटको प्रतिबेदन प्रस्तुत गरेका थिए । छिमेकी बिद्यालयका स्काउटरहरुको समेत उपस्थिति रहेको कार्यममा ४५ जना नया स्काउट विद्यार्थीहरु सफत ग्रहण पश्चात स्काउट सदस्य ब्याज, विश्व ब्याज र स्काफबाट दिक्षित भएका थिए । गत साल दिक्षित भएका ३८ जनाले दोस्रो तहको अन्नपूर्ण ब्याज प्राप्त गरेका छन । हाल अमर माबि मा ८३ जना स्काउट विद्यार्थी रहेका छन ।हरेक हप्ता शुक्रबार स्काउट शिक्षा र तालीम सन्चालन हुँदै आएको अमर स्काउटले विविध स्थानीय र जिल्ला स्थित कार्यक्रममा सहभागीता जनाउदै आइरहेको छ ।

क्यान्सर पिडित राईलाई नगद सहयोग
कार्यक्रमकै अवसरमा गिजाको क्यान्सरबाट पिडित विद्यार्थी ज्योती राईलाई नगद सहयोग गरेको छ । अमर स्काउटले दिपावलीको अवसरमा देउसीबाट संकलन गरेको २५ हजार रुपैया प्रदान गरिएको हो । यस अघि स्काउटले ७० हजार १६० रुपैया सहयोग प्रदान गरेको थियो ।
ज्योति आफै डाक्टर सग बिदा लिएर बिद्यालयका साथीहरू र शिक्षक लाइ भेट्न बिद्यालय आएको बेला देउसिबाट प्राप्त थप रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा देउसी भैलोमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो।कार्यक्रमको अबसरमा स्काउट विद्यार्थीले मार्चपास र नृत्यहरु प्रस्तुत गरेका थिए ।