Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लक्कीले सम्झियो किसान, दुग्द्य सहकारी र संचार क्षेत्र

लक्कीले सम्झियो किसान, दुग्द्य सहकारी र संचार क्षेत्र

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक २३ २०७६


लक्कीले सम्झियो किसान, दुग्द्य सहकारी र संचार क्षेत्र

फिक्कल । सूर्योदय नगरपालिका–३ तिनखुट्टेमा संचालमा रहेको लक्की डेरीले दुग्द्य उत्पादक सहकारी, संचारकर्मी र संचारमाध्यमलाई सम्मान गरेको छ । डेरीका संचालक तुलुकामी थिङ तामाङले बार्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै उद्योग संचालनका लागी सहकारीहरु र प्रचारप्रसार लागी महत्वपुर्ण योगदान दिएको भन्दै स्थानिय सन्देश साप्ताहिकका प्रधान सम्पादक एवम नेपाल टेलिभिजनका इलाम सम्वाददाता पत्रकार सुजन तिमसिनालाई सम्मान गरेको हो । त्यसैगरी सूर्योदय नगरपालिकामा संचालनमा रहेको रेडियो फिक्कल समेत सम्मानित भएको छ ।


डेरीमा दुध आपूर्ती गर्दै आएको सहकारी र उद्योगको सुरुवातमा सहयोग गर्ने सहकारीका पदाधिकारीहरुलाई तामाङले कदरपत्र र माया चिनो प्रदान गरे । सम्मानित हुनेहरुमा लक्की डेरीलाई पहिलो दुध दिने किसान मोहन मुखिया, गुणस्तरिय दुग्ध उत्पादक देवकुमार राई, प्रतिभा दुग्ध सहकारीका पुर्व संचालक समितीका अशोक शर्मा, दुध ढुवानीकर्ता मणीकुमार राई, वैदेशिक रोजगारबाट फर्किर गाइपालन गर्ने किसान सोमदेन योल्मो, किसान सन्तोष थापा मगर रहेका छन् । त्यसैगरी डेरीलाई नियमित दुध आपुर्ती गर्दै आएको रोचक दुग्ध उत्पादक सहकारीलाई सम्मानपत्र सहित ३ वटा दुध बोक्ने क्यान, प्रतिभा दुग्द्य उत्पादक सहकारीलाई ४ वटा क्यान र किसान दुग्द्य उत्पादक सहकारीलाई २ वटा क्यान सम्मानपत्र सहित प्रदान गरेको हो ।


नमुना दुग्द्य उत्पादक सहकारी, रुम्बा गाउँ दुग्द्य उत्पादक सहकारी, जिलगाउँ दुग्द्य उत्पादक सहकारी, जनसेवा दुग्द्य उत्पादक सहकारी, लालीगुरास दुग्द्य उत्पादक सहकारी र अजम्बरी दुग्ध उत्पादक सहकारीलाई नगद र प्रशंसापत्र प्रदान गरेको छ । विगत १० बर्षदेखी संचालनमा आएको सो डेरीमा कार्यरत साङगे योल्मोलाई संचालक तामाङले प्रशंसापत्र र नगद प्रदान गरे ।
२०६६ सालमा ४५ लिटर दुधबाट उत्पादन सुरु गरेको उद्योग अहिले २ करोड भन्दा बढी मुल्यको भएको छ । सो डेरीबाट उत्पादित चिज नेपालको ठुला सहरका अतिरिक्त भारतका विभिन्न बजारमा माग हुँदै आएको छ । कार्यक्रममा बोल्दै संचालक तामाङले किसान र सहकारीहरुको इमान्दारीताले आफु सफलताको शिखर चुम्न सफल भएको बताए ।
उनले किसान, कामदार र सहकारीहरुको सन्तुष्टी नै सफलताको सुत्र भएको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे । लक्की डेरीमा सूर्योदय नगरपालिका क्षेत्रभित्रका ९ वटा सहकारीले ३ हजार ६ सय लिटर बराबरको दुध दैनिक रुपमा आपुर्ती गर्दै आएका छन् ।

याे पनि पढनुहाेस

भरिया, मजदूर हुँदै करोडौँ लगानीका मालिक बने तुलु

प्रतिक्रिया
सम्बन्धित समाचार