Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र सन्दकपुरमा सोलारबत्ति बालेपछि झिलिमिलि

पर्यटकीय क्षेत्र सन्दकपुरमा सोलारबत्ति बालेपछि झिलिमिलि

  • सुजन तिमल्सिना
  • शनिबार, कार्तिक २३ २०७६


पर्यटकीय क्षेत्र सन्दकपुरमा सोलारबत्ति बालेपछि झिलिमिलि

सन्दकपुर । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरमा उज्यालो बनाइएको छ । पर्यटकको अत्याधिक चाप हुने पर्यटकीय क्षत्रमा सोलार जडान गरि उज्यालो बनाइएको हो । पर्यटकीय क्षेत्रमा पर्यटकलाई आवतजवात गर्न सजिलो बनाउन उज्यालो बनाइएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


रातको समयमा उज्यालो बनाउन सन्दकपुरको डाँडामा सोलार जडान गरिएको हो । माईखोलाको मुहान क्षेत्र, पर्यटकको बास बस्ने सेर्पा च्यालेट होटल, सनराइज होटल क्षेत्र र भ्यु पोइन्ट क्षेत्रमा सोलार जडान गरिएको गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।

सन्दकपुर गाउँपालिकको गत आर्थिक वर्षको बजेटबाट सोलार जडान गरिएको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३ लाख ७३ हजार आर्थिक सहयोगमा सोलार जडान गरिएको थियो ।


विद्युतको सुविधा नपुगेको क्षेत्र रहेकाले तत्कालका लागि उज्यालो बनाउन सोलार जडान गरेपछि पर्यटक र होटल व्यवसायीलाई हिडडुलका लागि सहज भएको सेर्पा च्यालेट होटलका रिञ्जि सेर्पाले बताए ।

पर्यटकको अत्याधिक चाप हुने सन्दकपुरमा विद्युत पुर्याउन गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त प्रयासमा अहिले प्रशारण लाइन निर्माणको काम पनि धमाधम भइरहेको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएरपछि सन्दकपुर डाँडोमा विद्युत पुर्याउने कामलाई प्रमुख प्राथमिकतामा राखेर काम थालिएको गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए ।

गत आर्थिक वर्षमा नै विद्युत पुर्याउने भनिएपनि वर्षाता कारण काम गर्न कठिनाइ भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार