इलाम . दाह्रीग्याङ इलामको पहिलो औपचारिक मिट इलामको चियाबारीमा सम्पन्न भएको छ । दाह्रीग्याङकाअफिसियल एडमिन अभिषेक राज सिंह थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममाइलामका सामाजिक अगुवा धर्म गौतमलाई सम्मान गरिएको थियो । काठमाण्डौबाट इलामआइपुगेका अभिषेक राज सिंह थापाले धर्म गौतमलाई सम्मानार्थ टोपीओढाइदिएका थिए ।कार्यक्रममा थापाले दाह्रीग्याङको लक्ष, ध्येय र उद्देश्यका विषयमाचर्चा गरेका थिए । उनले दाह्रीग्याङको सदस्यता लिएका जो कोहिले पनि सामाजिक देखि बाहेकका उद्देश्यमा ग्याङको ब्राण्ड प्रयोग गर्न नहुने लगायतका ग्याङकाआचार संहिताका विषयमा सहजिकरण समेत गरे ।
संयोजकमा नोर्बुकाजी
भेलाले नोर्बुकाजी लामाको संयोजकत्वमा दाह्रीग्याङ इलामको लागि स्टेयरिङ समिति गठन गरेकाे छ । समितिको सह संयोजकमा खेमराज भट्टराई र सचिवमा प्रदिप बोहोरा रहेका छन् । इलामका विभिन्न क्लष्टरहरुको संयोजक गर्ने जिम्मा टिका खतिवडालाई दिइएको छ भने आर्थिक व्यवस्थापनको जिम्मा सुमन काफ्लेलाई दिइएको छ । भेलाले धर्म गौतम र सुदिपश्रेष्ठलाई सल्लाहकारको रुपमा चयन गरेको छ । कार्यक्रममा, इलाम जिल्लाभरका तथा झापा, मोरङ र सुनसरीका ६० जनादाह्री लभरहरुको उपस्थिति रहेको थियो । फेसबुक ग्रुपमार्फत सामाजिक अभियानमाआफ्नो छुट्टै पहिचान बनाएका दाह्रीग्याङ देशै भर तथा विदेशमा समेत फैलिएको छ । कार्यक्रममा उपस्थितबाट सामाजिक कार्यको लागिलगभग १३ हजार रकम सङ्कलन भएको थियो । मिट सम्पन्न भएपछि इलाममा रहेको राहासल बालअनाथालयमा आश्रित बालबालिकालाई दाह्रीग्याङले स्टेसनरी सामाग्री प्रदान गरेको थियो । आगामी दिनमा इलाम र आसपास सामाजिक कार्य गर्ने ग्याङको उद्देश्य रहेको छ ।