Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेम्बाङको संसद कोषबाट छ करोडका योजना बाँडफाँड

नेम्बाङको संसद कोषबाट छ करोडका योजना बाँडफाँड

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १६ २०७६


नेम्बाङको संसद कोषबाट छ करोडका योजना बाँडफाँड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले आफ्नो क्षेत्रमा संसद् कोषको रकमबाट योजना छनोट गरेका छन् । इलाम क्षेत्र नम्बर २ का सांसद नेम्बाङको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमअन्तर्गतको बजेट बाँडफाँड गरिएको हो । सांसद विकास कोष अन्तर्गतको छ करोड रुपैयाँबाट इलाम नगरपालिकामा एक करोड ५० लाख बराबरका तीन योजनामा रकम विनियोजन गरिएको छ । सेतीदेवी मार्ग फटुक सडक स्तरोन्नति गर्न वडा नम्बर ६ का लागि ७० लाख, भगवती मावि सडक कालोपत्र ५० लाख, चुम्लुङ हिम सामुदायिक भवन निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी देउमाई नगरपालिकामा एक करोड २५ लाख रुपैयाँ बराबरका छ योजनामा बजेट विनियोजन गरिएको छ । वडा नम्बर ८ को सामुदायिक भवनलाई ५० लाख, ठूलो चौरी रानाचोक फुटुक ओजेले सडकमा ३० लाख, बाघखोर चमैता फलाँटे सडकमा २५ लाख, पालसेङ डुप्लिलिङ गुम्बा निर्माणमा २० लाख र सिद्धिथुम्का–नाम्थला–फूलबारी–हाङमाङ सडकमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
माई नगरपालिकाको लालखोलादेखि मोटरबाटो स्तरोन्नतिका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसरी नै चुलाचुली गाउँपालिकामा ९० लाख रुपैयाँ बराबरका पाँच योजना छनोट गरिएका छन् । आसेटार फुङनाम दशमी सडक स्तरोन्नतिमा ५० लाख, रतुवा झोलुङ्गे पुलदेखि रङ्गशालासम्म ग्राभेल गर्नका लागि १० लाख, देउराली चपेटे कृषि मार्ग स्तरोन्नति १० लाख, चाँजो खोला एकलव्य चोकहुँदै मङ्गलसिद्धिसम्म ग्राभेल गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
फाकफोकथुमका पाँच योजनाका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सोमा पाथीभर रङ्गशाला निर्माणका लागि ५० लाख, लुम्दे जालपा कैदले थावाखोला सिंहदेवी फुँएतप्पा सडक स्तरोन्नतिका लागि १५ लाख, ज्योति आधारभूत विद्यालय खेलमैदानका लागि १५ लाख, दोकानडाँडा सिकलाप्पा कोलबोटे सल्लेरी सडकका लागि १० लाख र धाम सिमसार पर्यटन प्रवर्द्धन तथा संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, माङसेबुङ गाउँपालिकाका पाँच योजनामा ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार