Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

‘जलवायु अभियानलाई अब अरु कुनै पुरस्कार आवश्यक पर्दैन’ : ग्रेटा

‘जलवायु अभियानलाई अब अरु कुनै पुरस्कार आवश्यक पर्दैन’ : ग्रेटा

  • नमीन ढकाल
  • शुक्रबार, कार्तिक १५ २०७६


‘जलवायु अभियानलाई अब अरु कुनै पुरस्कार आवश्यक पर्दैन’ : ग्रेटा

जलवायु अभियन्ता ग्रेटा थुनवर्गले सन २०१९ को ’नर्डिक काउन्सिल’ को वातावरणीय अवार्ड लिन अस्वीकार गरेकी छन । १६ बर्षिया अभियन्ताले ५ लाख स्विडिस क्रोनर अर्थात ५९ लाख नेपाली रुपैया बराबरको पुरस्कार राशी अस्विकार गर्दै जलवायु अभियानका लागी पुरस्कार आवश्यक नरहेको बताइन् । उनको भनाईलाई उद्धृत गर्दै न्युज पाेर्टल द वायरले लेखेको छ ‘हामीलाई चाहिएको कुरा राजनितिज्ञहरु र सतामा रहेको शक्तिहरुले अहिले पुरस्कार भन्दा पनि जलवायु समस्या समाधानका लागी सर्वोतम विज्ञानको बारेमा सोच्नुप¥यो ।’

उनले आफनो इन्टाग्राममा सन्देश पाेष्ट गर्दै पुरस्कार नलिने घोषणा गरेकी हुन् । ग्रेटाले २० अगष्ट २०१८ बाट वातावरण संरक्षणको निम्ती हरेक शुक्रबार स्विडेनको संसद अगाडी विद्यालय नगई धर्ना दिएर बसेकी थिइन् । सुरूमा उनले स्विडेन संसद अगाडि हरेक शुक्रबार विद्यालय नगई स्वीडेनी भाषामा ‘जलवायुका लागि स्कूल हडताल’ भन्ने चिन्ह लगाएर धर्ना बसेकी थिइन । चाडै नै अन्य विद्यार्थीहरु र आफनै समुदायले उनलाई सर्मथन गरे । उनीहरुले भविष्यका लागी शुक्रबार अर्थात ‘फ्राइडे फर फयुचर’ नामबाट स्कुलमा हडताल सुरु गरे । ग्रेटाले सन २०१८ को संयुक्त राष्ट्र जलवायु परिर्वतन सम्मेलनलाई सम्वोधन गरेपछि विद्यार्थी हडतालले अझै व्यापकता पाएको थियो ।
मौसम र वातावरणीय मुद्धाहरुको बारेमा ५ मुलुक डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडेन सम्मिलित नर्डिक देशहरुले विश्वभरि ठूलो प्रतिष्ठा पाएको कुरा औंल्याउँदै थुनबर्गले भनिन् ‘जब यो हाम्रो वास्तविक उत्सर्जन र हाम्रो पारिस्थितिक पदचिन्ह प्रति व्यक्तिको कुरा आउँछ भने यदि हामी हाम्रो उपभोग, निर्यातलाई समावेश गर्दछौं भने उड्डयन र शिपिंग साथै यो पूरै अन्य कहानी छ ।’ डब्ल्यूडब्ल्यूएफ र ग्लोबल फुटप्रिन्ट नेटवर्कका रिपोर्टहरू उद्धृत गर्दै थुनबर्गले भनिन् ‘स्वीडेनमा हामी ४ वटा ग्रह भएको जस्तो गरी बस्छौं र थप नर्डिक क्षेत्रका देशहरूमा पनि लागू हुन्छ ।’ उनले यो पनि औंल्याइन कि नर्वे सरकारले भर्खरै नयाँ तेल र ग्यास खोज्नको लागि रेकर्ड संख्यामा अनुमति प्रदान गरेको थियो जसबाट १.५ टन कार्बन उत्सर्जन हुने अपेक्षा गरिएको थियो ।
ग्रेटाले आफना आमाबुबालाई कार्वन फुटप्रिन्ट कम गर्न धेरै जिवनशैली विकल्प अपनाउन विश्वस्त गराएकी थिइन् । जसमा हवाइयात्रा छाडने र मासु नखान समावेश छ । गत मे को टाइम्स म्याग्जिनमा उनको कभर फोटो समेत राखेको थियो । जसलाई आगामी पुस्ताको नेतृत्वको रुपमा चित्रित गरिएको थियो । टाइम्स म्याग्जिनले सन २०१९ को १ सय प्रभावशाली व्यक्तिको रुपमा ग्रेटालाई राखेको छ । उनी सन २०१९ को नोबेल शान्ति पुरस्कारको लागी समेत मनोनयमा परेकी थिइन् ।
ग्रेटाले गत सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघ जलवायु शिखर सम्मेलनमा सम्वोधन गरेकी थिइन् । उनको एक्लो आन्दोलनले विश्वभरिका लाखौं जनताहरूलाई जलवायु परिवर्तनबारे लड्न र नेताहरू समक्ष पु¥याउन प्रेरणा दिएको बताइएको छ । उनले अल्टरनेटिभ नोबेलको रुपमा चिनिदै आएको राइट लाइभ्लिहुड अवार्ड सहित अन्य ६ वटा अवार्ड सन २०१९ भित्रमा नै पनि पाइसकेकी छन । तत्काल देखिएको जलवायु परिवर्तन समस्या सावधान गर्ने राजनीतिक मागलाई वैज्ञानिक तथ्यका आधारमा प्रेरणा र प्रर्वद्धन गरेबापत उनलाई पुरस्कृत गरिएको थियो ।
द वायरको सहयोगमा तयार पारिएको

प्रतिक्रिया
सम्बन्धित समाचार