Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय झन्डा हटाएर मोर्चाको झन्डा राख्ने केन्द्रिय सचिव सहित नौ जना पक्राउ

राष्ट्रिय झन्डा हटाएर मोर्चाको झन्डा राख्ने केन्द्रिय सचिव सहित नौ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ७ २०७६


राष्ट्रिय झन्डा हटाएर मोर्चाको झन्डा राख्ने केन्द्रिय सचिव सहित नौ जना पक्राउ

इलाम । राष्ट्रिय झन्डा हटाएर पल्लो किरात राष्ट्रिय लिम्बुवान मार्चाको झन्डा राख्ने केन्दिय सचिव सहित ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिएको छ । आफनो पार्टीको ६४ औं स्थापना दिवस भन्दै जिल्लाका बिभिन्न स्थानमा राखीएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोर्चाका केन्द्रिय सचिव धन बहादुर बिश्वकर्मा( धमला) उक्त पार्टीको महिला सघकी केन्द्रिय अन्यक्ष कविरमाया साँवा, इलाम जिल्ला अध्यक्ष बिजय आङदम्बे, इलाम जिल्ला सचिव मनकुमार माखिम, जिल्ला कोषाध्यक्ष मैतराज लिम्बु, सहित जिल्ला सदस्यहरु कमल लकान्द्री , बृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्क प्रसाद नेम्वाङ रहेका छन ।
जिल्ला प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले शान्ति सुरक्षामा आच आउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालय लगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए । लिम्बुवान राज्यको माग गर्दै मोर्चाले पूर्वमा बिभिन्न गतिविध गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार