Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

त्रिवेणी युथ क्लब आइपिएलको फाइनलमा

त्रिवेणी युथ क्लब आइपिएलको फाइनलमा

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक ६ २०७६


त्रिवेणी युथ क्लब आइपिएलको फाइनलमा

इलाम । त्रिवेणी युथ क्लब, देउमाई नगरपालिका इलाम सदरमुकाममा भइरहेको चौंथो इलाम प्रिमियर लिग ९आइपिएल० को एक खेल खेल्नु अगाडि नै फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा आज इलाम क्रीकेट युथ एकेडेमी फर युथ (आइसिएवाई) लाई १८ रन अन्तरले पराजित गर्दै त्रिवेणी युथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको त्रिवेणी युथ क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २४ रनको मध्यम योगफल तयार पारेको थियो । त्रिवेणी युथ क्लबका लागि अजय राजवंशीले ३० बलको सामना गर्दै तीन छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ३६ रन बनाए । उनी बाहेक कुसल प्रधान र सोजित श्रेष्ठले १६/१६ तथा प्रज्वल प्रधानले १५ रनको योगदान गरे भने त्रिवेणी युथ क्लबले १४ रन अतिरिक्त बापत पाएको थियो । आइसिएवाईको लागि सुदिप तामाङले तीन विकेट लिए भने बिपिन महतो र साहिल घिसिङले दुईरदुई तथा अभ्यास तिम्सिना र माधव लुइँटेलले एकरएक विकेट लिए ।
एक सय २५ रनको विजय लक्ष्य पछ्याएको आइसिएवाईले त्रिवेणी युथ क्लबको धारिलो बलिङसामु १९.३ ओभरमा सबै विकेट गुमाएर एक सय छ रन मात्र बनाउन सक्यो । आइसिएवाईको लागि पुजन खड्काले ४८ बल खेल्दै एक छक्का र सात चौकाको मद्दतले अविजित ४३ रन बनाए । यस्तै आइसिएवाईको लागि बिबेक बुढाथोकीले १८ रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । आइसिएवाईलाई सस्तैमा समेट्नको लागि त्रिवेणी युथ क्लबको लागि अमिर बुढाथोकीले ३/३ ओभर बलिङ गर्दै २७ रन खर्चेर चार विकेट झारे । उनी बाहेक अजय राजवंशी र मुकुन्द यादवले दुईरदुई तथा प्रतीक श्रेष्ठले एक विकेट झारे ।खेलको म्यान अफ द म्याच त्रिवेणी युथ क्लबको तर्फबाट उत्कृष्ट बलिङ गरेका अमिर बुढाथोकी भए ।

 अंकितको अविजित शतकमा न्युस्टारको फराकिलो जितमा
यसैगरी हिजो सम्पन्न अर्को खेलमा बिस्फोटक ब्याट्सम्यान अंकित सुवेदीले अविजित एक सय ३९ रन बनाएपछि न्युस्टार तिल्केनीले सुर्योदय क्रीकेट टिमलाई एक सय १६ रनको फराकिलो अन्तरले पराजित गर्यो । अंकितले बनाएको शतक प्रतियोगिताको पहिलो शतक हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको न्युस्टारले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर दुई सय १८ रनको विशाल योगफल बनाएको थियो । ६० बलको सामना गरेका अंकितले अविजित एक सय ३९ रनको इनिङमा १३ छक्का र १२ चौका हानेका थिए । यस्तै न्युस्टारको लागि निदेन श्रेष्ठले ३६ रनको योगदान गरे । सुर्योदयको लागि हेमन राई र प्रदिप मिश्रले दुईरदुई तथा गोविन्द कट्टेल, इशान राई र उज्वल काफ्लेले एकरएक विकेट लिए ।
दुई सय १९ रनको विशाल लक्ष्य पछ्याएको सुर्योदय नगरपालिकाको क्रीकेट टिम १६।१ ओभरमा सबै विकेट गुमाउँदै एक सय दुई रनमा समेटियो । सुर्योदयको लागि अनिश मैनालीले २० र मनोज आचार्यले अविजित १० रन बनाउनु बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । सुर्योदयलाई सस्तोमा समेट्न न्युस्टारको लागि प्रवेश कामतीले चार ओभर बलिङ गर्दै पाँच रन खर्चिएर सर्वाधिक चार विकेट लिए । यस्तै सुनिल मगरले दुई तथा सुजन श्रेष्ठ, सगुन खत्री, अंकित सुवेदी र अबिनाश पौडेलले एकरएक विकेट लिए ।
खेलको म्यान अफ द म्याच सुवेदी घोषित भए ।
जिल्ला क्रीकेट संघ इलामको आयोजनामा कार्तिक २ गतेदेखि इलाम सदरमुकामस्थित टुडिखेलमा भइरहेको आइपिएलको फाइनल खेल आगामी ९ गते काग तिहारको दिन हुनेछ । प्रतियोगिताको विजेता टिमले एक लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार पाउनेछ । यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजले सात हजार तथा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीलाई पाँच/पाँच हजार नगद प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार