इलाम । सुनसरीको बराहक्षेत्रमा जारी चौथो बराह गोल्डकपको क्वाटरफाइनलमा इलामको रेडहर्ष फुटबल क्लब पराजित बनेको छ । तेश्रो क्वाटरफाइनलमा चर्च व्वाइज क्लब काठमाण्डौले रेडहर्षलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको २३ औ मिनेट राष्ट्रिय टोलीका डिफेन्डर रजिन धिमालले चर्च व्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औ मिनेटमा विकास राईले अग्रता दोव्वर बनाए । खेलमा फर्कने प्रयास गरेको रेडहर्षका लागी ७६ औ मिनेटमा अफ्रिकी खेलाडी म्याक्सवेलले सान्तवना गोल फर्काएका थिए ।

रेडहर्ष विशाल बस्नेतको कप्तानी र चर्च व्वाइज निरज बस्नेतको कप्तानीमा मैदान उत्रिएको थियो । जितसंगै चर्च व्वाइज सेमीफाइनल प्रवेश गरेको छ । धिमाल खेलको म्यान अफ दि म्याच बन्दै नगद ५ हजार प्राप्त गरे । कार्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा काठमाण्डौका २ सहित ८ क्लबको सहभागीता रहेकोछ । अन्तिम क्वारटरफाइनल खेलमा विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबले सुनसरीको एभरेष्ट क्लबको सामना गर्नेछ ।