Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

हाँगेथाममा सुकेका पोखरी संरक्षण र पर्यटकीय पदमार्ग निर्माण गर्दै प्रदेश सरकार

हाँगेथाममा सुकेका पोखरी संरक्षण र पर्यटकीय पदमार्ग निर्माण गर्दै प्रदेश सरकार

  • सुजन तिमल्सिना
  • शनिबार, असोज २५ २०७६


हाँगेथाममा सुकेका पोखरी संरक्षण र पर्यटकीय पदमार्ग निर्माण  गर्दै प्रदेश सरकार

सन्दकपुर ।    विश्वमै दूलर्भ काँडेभ्याकुर चराको अध्ययन केन्द्र रहेको उत्तरी इलामको हाँगेथाम क्षेत्रमा प्रदेश सरकार गत आर्थिक वर्षदेखि सुकेका पोखरीहरु संरक्षणको थालनी गरको छ । हाँगेथाम क्षेत्रमा सुकेका ७ वटा पोखरी पुनः संरक्षण गर्नका लागि प्रदेश सरकारले गत वर्ष १५ लाख बजेट खर्च गरि पर्यटकीय पदमार्ग र पोखरी संरक्षण गरिएको हो ।
लोपाेन्मुख वन्यजन्तु र चराचुरुङ्गीहरुको अध्ययन केन्द्र इलामको सन्दकपुर ५ स्थित हाँगेथाममा प्रदेश सरकारको लगानीमा पोखरी संरक्षण थालिएको छ । विश्वमै दूलर्भ काँडेभ्याकुर चराको अध्ययन केन्द्र रहेको क्षेत्रमा प्रदेश सरकारले गत आर्थिक वर्षदेखि पोखरीहरु संरक्षण थालिएको हो । सुकेका ७ वटा पोखरी पुनः संरक्षणका लागि प्रदेश सरकारले गत वर्ष १५ लाख बजेट खर्च गरेको थियो ।
रेडपाण्डा थार, ध्वाँसे चितुवा, कालोभालु, चरिबाघ, राजपखिं, ठकठके लगायत जिवजन्तु र पक्षि पाइने हाँगेथाम क्षेत्रमा पोखरी संरक्षणसँगै पर्यटकीय पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए ।
हाँगथाममा अमेरिकि वन्यजन्तु विज्ञ ब्राइम विलियमले डेढ दशक अघि सात महिना लामो रेडपाण्डाको अध्ययन गरेका थिए ।
विगतमा मानविय अतिक्रमणका कारण सुकेर गएका हाँगेथाम पोखरी लगायत अन्य ससना पोखरीहरुलाई पनि अहिले संरक्षण अभियान थालिएपछि संरक्षणकर्मी पनि खुशि भएका छन् । हाँगेथाम क्षेत्र पछिल्लो दिनमा बनभोज स्थल पिकनिक स्पट पनि बन्दै गएकाले अझै लगानी गर्ने प्रदेश सासंद खिनु लिम्बुले बताइन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
हाँगेथाम डाँडैमा झण्डै दुई सय वर्ष पुरानो ऐतिहाँसिक दोमाङ्ग छोलिङ बौद्ध गुम्बा छ । गुम्बामा ल्होसार पर्व र अन्य धार्मिक तिथिहरुमा धार्मिक अनुस्टान हुँदै आएका छन् । हाँगेथामबाट नजिकैको सीमा क्षेत्रका पर्यटकीयस्थलहरु कैयाकट्टा, गैरिबास, जौबारी तुम्लिङ्ग, मेघमा पनि सहजै पैदल यात्रामा पुग्न सकिने भएकाले हाँगेथाम पर्यटकीय गन्तव्यको रुपमा विकास हुने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार