इलाम । प्रदेश नम्बर एकको सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे शुरु गरेको छ । झापादेखि इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्ट्र ट्रयाक’ राजदुवाली बुढिसुकानी शनिश्चिरे सडक प्रदेश सरकारले कालोपत्रे शुरु गरेको हो ।
झापादेखि इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्ट्र ट्रयाक’ राजदुवाली बुढिसुकानी शनिश्चिरे सडक प्रदेश सरकारले कालोपत्रे शुरु गरेको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साघुरो भई दुर्घटना बढेपछि प्रदेश नम्बर एकको सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे शुरु गरेको हो ।
झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भएपनि यो सडक बनेमा ५३ किलोमिटरमा इलाम पुगिनेछ । झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ्ग यात्रा गर्न छिटो हुनेछ । यो सडकलाई प्रदेश सरकार गठन भएपछि आएको पहिलो बजेटबाटै प्राथमिकताका साथ बुहबर्षे ठेक्का मार्फत कालोपत्रे गर्ने योजना रहेको प्रदेश सासंद काजिमान कागतेले बताए ।
इलामको राजदूवालीदेखिको माईपुलदेखि मेचीराजमार्गमा जोडिने सडक कालोपत्रेका लागि ठेक्का प्रक्रियाका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ विनियोजन गरेको छ । पुरानो र छोटो बाटो ‘फाष्ट्र ट्रयाक’ अन्तरगत रहेको गरुवा, करफोक, बुढी सुखानी खोलामा पुल निर्माण सम्पन्न भइसकेको र लोदिया खोलामा पुल निर्माणका लागि बोलपत्र स्वीकृत भई काम शुरु भएको माई नगरपालिकाका मेयर दिपक थेवेले बताए ।
सडक क्षेत्रमा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेका बिरिङ्ग र टाङ्गटिङ्ग खोलामा पुल निर्माण भइसकेका छन् । प्रदेश सरकारले ३७ किलोमिटर मध्ये चालु आर्थिक वर्षमा १९ किलोमिटरको बहुवर्षे ठेक्का स्वीकृत गरि काम शुरु गर्ने प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाका डिभिजन प्रमुख राजेश कर्णले बताए ।