Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दशैँ बिदामा इलामको उत्तरी माइमझुवामा रहेको ‘टोड्के झरना’ घुम्न जाऔँ

दशैँ बिदामा इलामको उत्तरी माइमझुवामा रहेको ‘टोड्के झरना’ घुम्न जाऔँ

  • सुजन तिमल्सिना
  • मंगलबार, असोज २१ २०७६


दशैँ बिदामा इलामको उत्तरी माइमझुवामा रहेको ‘टोड्के झरना’ घुम्न जाऔँ

सन्दकपुर ।    नेपालको सुदूर पूर्वको इलाम १ नम्बर प्रदेशको १४ जिल्लामध्ये एक एशियाको माझमा चीन र भारतको बिचमा हिमालको काखमा रहको सुन्दर हरियाली पहाडी जिल्ला हो ।

राज्यको पुनःसंरचनाले इलाम जिल्लालाई १० स्थानीय तहमा विभाजित गरेको छ । इलामको ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले सबैभन्दा अब्बल र उत्कृष्ट गन्तव्यस्थल हो ।
दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारो फुल्ने सन्दकपुरको चुचुरोसम्म पूर्वमा आलेभञ्ज्याङ्ग देखि पश्चिममा थाक्लेभञ्ज्याङ्गसम्मको चार सीमानाभित्र समेटिएको प्राकृतिक भु–बनोट, वहुमुल्य जडिबुटी दुलर्भ वन्यजन्तु, र पुतलि, जैविक विविधताले सम्पन्न, विभिन्न जातजातिको फरक फरक भाष सस्कृति लोभैलाग्दो रहनसहन रितिरिवाज,मनोरम प्राकृतिक छटा र कृषिमा आधारित लगनसिल जीवनशैलीले सन्दकपुर गाउँपालिका साच्चिकै सिंघारिएको छ ।


समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिकाको नामकरण विश्वमै प्रख्यात पर्यटकीस्थल सन्दकपुर डाँडाबाट सापटि लिएको हो । प्राचिन शासक लेप्चा जातिको भाषा सन्दक्फु नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण भएको हो । लेप्चा भाषामा सन्दक्फुको अर्थ बहुमुल्य जडिबुटी बिख्मा भन्ने बुझिन्छ ।


भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर सन्दक्फुबाट पनि चिनिन्छ । प्राकृतिक रमणियता सास्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेने हजारौ पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीयस्थलमा आउने गरेका छन् ।


सिंहलीला र महाभारत पर्वतश्रृंखलाबाट उत्पत्र दर्जनौ नदीला प्रणाली, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार, सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै वन्यजन्तु, वनजंगलभरी हुलका हुल चराका बथान, वनस्पति, हिमश्रङ्खला, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र हुन् ।

टावर झै ठडिएका अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य लोपउन्मुख वन्यजन्तु रेडपाण्डा हाब्रे गाउँपिच्छे भेटिने पुराना गुम्बा मठमन्दिर तथा ढुङ्गाका देविस्थान लगायतका धार्मिक तथा ऐतिहाँसिक सास्कृतिक सम्पदाहरु सन्दकपुर गाउँपालिकाको पर्यटनको थप आकर्षणहरु हुन् ।


१२ रै महिना न धेरै गर्मि न धेरै जाडो नेचरल एयर कन्डिसन हावापानी क्षणभरमा छोपिने र क्षणभरमा उघ्रिने बादुलहीको दरबार बिचैबाट एक तमासले मन्द गतिमा सुसाएर बगिरहने माईखोला अनी प्रत्येक गाउँमा होम स्टेको न्यानो आतिथ्यसत्कारबाट पर्यटहरु प्रफुल्लित हुँदै आएका छन् ।


भिर पहराबाट सुस्केरा हाल्दै हामफल्दै बग्ने सयौँ झरनाहरुको राजधानी पनि हो सन्दकपुर गाउँपालिका -२ सय ८० फिट अग्लो माईमझुवाकाे टोड्के झर्ना नेपालको दोस्रो अग्लो झरना हो ।


टोड्के झरनाको फेदीमा पुगेपछि झरनाको पानीमा देखिने सप्तरङ्गि इन्द्रेणिको मनमोहक दृश्यले त्यहाँ पुग्ने जो कोहीलाई त्यही बसिरहु हेरिरहुँ जस्तो आनन्दित बनाउँछ । सन्दकपुर वडा नम्बर २ मा रहेको टोड्के झर्नाको रोमाञ्चित दृश्य माबुको सायङ्बा गहिरिगाउँबाट पनि उत्तिकै मञ्जाले अवलोकन गर्न सकिन्छ । झरनासम्म पुग्ने पदमार्ग र सडक निर्माणको काम सन्दकपुर गाउँपालिकाले गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।


जलाधारको खानी सन्दकपुर गाउँपालिका क्षेत्रका धप्पर झरना र पाहा खोला झरना अर्को पर्यटकीय गन्तव्यस्थल हो । माईमझुवामा रहेको झप्पर झरना र पहरा नै फोफेर निस्किएको झै देखिने जमुना मझुवाको पाहा खोला झरनाको दृश्यावलोकन गर्न अहिले पर्यटकहरु आउन थालेका छन् । पाहा खोला झरनाको छवैको कपुर डाँडामा अर्को साहसिक पर्यटन रक क्लाम्बिङ्गको पनि अनन्त संम्भावना रहेको छ । जमुनाकै नुनथला क्षेत्र पुतलीहरु पाइने प्रख्यात ठाउँ हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार