इलाम । पर्यटकीय नगर सूर्योदय नगरपालिकामा सार्वजनीक शौचालयको अभावले पर्यटक र यात्रुहरु खुल्ला क्षेत्रमा सोच गर्न बाध्य छन् । प्रदेश नम्बर एकको सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार सहित पर्यटकीयस्थलमा शार्वजनीक शौचालय अभाव भएको हो ।
सार्वजनीक शौचालयको अभावले पर्यटक र यात्रुहरु खुल्ला क्षेत्रमा सोच गर्न बाध्य छन् । प्रदेश नम्बर एकको सरकारले पर्यटकीय नगर घोषणा गरेको सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजार सहित पर्यटकीयस्थलमा शार्वजनीक शौचालय अभाव भएको हो । खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको इलामको सूर्योदय नगरपालिका क्षेत्र पुग्ने पर्यटक र यात्रु सार्वजनीक शौचालयको अभावले पिरोलिने गरेका हुन् ।
सूर्योदय नगरपालिका भित्रका हर्कटे, कन्याम, फिक्कल बजार, पशुपतिनगर, अन्तु, तिनघरे लगायतका पर्यटकीय तथा व्यापारीक केन्द्रमा सार्वजनीक शौचालय अभाव रहेको छ । सार्वजनीक शौचालयको अभावले गर्दा यहाँ पुग्ने पर्यटक र यात्रुहरुले खुल्ला क्षेत्रमै शौच गर्दा खुल्ला दिशा मुक्त क्षेत्र इलाम कागजमा सिमित भएको छ ।
शौचालय निर्माणका लागि सूर्योदय नगरपालिकाले नगर क्षेत्रका मुख्य स्थानमा शौचालय निर्माणको योजना बनाएपनि उपयुक्त जंग्गा फेला परेको छैन । सूर्योदय नगरपालिका १० का वडाध्यक्ष पेमाउगेन लामाका अनुसार कन्याम, फिक्कल, तिनघेर लगायतका मुख्य सहरी क्षेत्रमा शौचालयका निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको छ ।