इलाम । भिभा डान्स स्टुडियो इलामले आयोजना गरेको एक दिने हिप–अप डान्स प्रतियोगिताको उपाधि काठमाडौँका आतिस जैरुले हात पारेका छन् । उनले नगद ३० हजार नगद सहित ट्रफि र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिताको उप–विजेतामा बिरगञ्जका अनिल सिंह र तृतियमा रोयल डान्स एकाडेमी धरानबाट सहभागिले हात पारेको आयोजक भिभा डान्स सेन्टरका प्रोपाइटार संकोच श्रेष्ठले बताए ।

स्थानीय क्षेत्रमा रहेका कलाकारहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा नेपालको काठमाडौँ, इटहरी, बिरगञ्ज, धरान, पाँचथरको फिदिम, झापाको विर्तामोड, दमक, इलाम सदरमुकाम, भारतको दार्जिलिङ्ग, मिरिक लगायतको स्थानबाट प्रतियोगिको सहभागिता रहेको थियो ।

इलाम सदरमुकामस्थित गौतमवुद्ध सभागृहमा भएको प्रतियोगिताको रियो छमछमीका निर्णायक महेश गोदार, डान्स प्लस सिजन फोरका सुजन मार्पा तामाङ्ग, साथै रियो छमछमि सिजन तीनका शेखर घर्तिमगर रहेका थिए ।

भिभा डान्स स्टुडियो इलामका प्रोपाइटर संकोच श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटनको प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले गरेका थिए । प्रतियोगितामा शिखर प्रोडक्सनका प्रोपाइटर सन्दिप प्रधान, उद्योग बाणिज्य संघ इलामका उपाध्यक्ष दिपेश श्रेष्ठ, प्याब्सन इलाम जिल्ला अध्यक्ष विकास कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लामो समयदेखि इलाममा नृत्य निर्देशक गर्दै आएका रोशन कर्माचार्यलाई सम्मान गरिएको थियो ।

युवा नायक पल साह र नायिका पुजा सर्मा र गायिका जुन प्रसाईको बिषेश प्रस्तुती रहेको थियो । प्रतियोगिता रेडियो पत्रकार कौशिला राईले संचालन गरेकी थिइन् भने मिडिया पाटनर लोकल सन्देश डट कम र चियाबारी एफ एम रहेका थिए ।

भिभा डान्स स्टुडियो इलामले नृत्य, अभिनय र शारिरिक फिटनेशको प्रशिक्षण दिँदै आएको छ ।