Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मानेभञ्ज्याङ गोल्डकप : फिक्कल क्वाटरफाइनलबाटै बाहिरियो

मानेभञ्ज्याङ गोल्डकप : फिक्कल क्वाटरफाइनलबाटै बाहिरियो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १० २०७६


मानेभञ्ज्याङ गोल्डकप : फिक्कल क्वाटरफाइनलबाटै बाहिरियो

फिक्कल । नेपाल–भारत सिमाको क्षेत्र मानेभञ्ज्याङमा जारी पाँचौ मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा फिक्कल फुटबल क्लब क्वाटरफाइनलबाट बाहिरिएको छ । हिजो सम्पन्न क्वाटरफाइनलमा फोटिन जिटिसी सिमलले फिक्कललाई टाइव्रकेरमा ४–२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएको थियो । प्रदिप विष्टले खेलको ३० औ मिनेटमा फिक्कललाई अग्रता दिलाएका थिए । प्रभारक तामाङले खेल बराबरीमा ल्याएपछि टाइव्रेकरबाट निर्णय गरिएको हो । फिक्कलका प्रदिप विष्ट र सुरज राउतले गोल गरेका थिए । यता सिमलका राजकुमार गुरुङ, प्रभाकर तामाङ, डाकमान राई र आशिक गुरुङले जाली चुमाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार