Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

फिक्कलमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ७ २०७६


फिक्कलमा सिद्धार्थ बैंकको वित्तीय साक्षरता

फिक्कल : सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमाफिन लिट नेपालको सहकार्यमा इलामको फिक्कलमा बैंकिङ् साक्षरता सम्वन्धी कार्यक्रम गरेको छ। साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, करका विषयमा जानकारी गराइएको जनाइएको छ।
त्यस क्षेत्रका ३५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ । सबैक्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पुहँच पुर्‍याउन हालसम्म देशभर १६७ वटा शाखा संचालनमा ल्याएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार