Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ : सुबास नेम्बाङ

संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ : सुबास नेम्बाङ

  • सन्देस सम्बाददाता
  • शनिबार, असोज ४ २०७६


संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ : सुबास नेम्बाङ

इलाम  । नेपाल कम्युनिष्ट पार्टीको संसदिय दलका उप नेता सुबासचन्द्र नेम्बाङले संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताउनुभएको छ । चार वर्ष अघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहिँ कतै नलेखिएकाले जनताको जनमत लिएर संसोधन गर्न सकिने वहाँले बताउनुभयो ।


नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्धारा जनप्रतिनिधिहरु प्रशिक्षण दिन आयोजित कार्यक्रममा बोल्दै नेता नेम्बाङ संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताउनुभयो । बहुदलिय प्रतिपस्र्धामा बिश्वास राख्ने दलहरुले निर्वाचन मार्फत जनताबाट संसोधनको लागि आवश्यक पर्ने मत पाएर जसले पनि संसोधन गर्न सक्छ, नेम्बाङ भन्नुभयो–‘ जनतामाझ संसोधनको मुद्धा लिएर निर्वाचन जान र संसोधनका लागि आवश्यक पर्ने मत आएमा संसोधन गर्न कसैले रोक्दैन ।’


संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्बाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तिब्र गतिमा काम गरि आवश्यक ऐन कानुन बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने बिश्वास व्यक्त गर्नुभयो । सरकारले आवश्यक कानुन निर्माण गरि काम गर्ने बाटो र आधार तयार गरेको छ, नेम्बाङले भन्नुभयो–‘नेकपाको सरकारले अब सुखि नेपाली सवृद्ध नेपालको लक्ष्यमा तिब्र गतिमा अघि बढ्नेछ ।


इलामका स्थानीय तहमा नेकपाका तर्फबाट निर्वाचित जनप्रनिधिहरुलाई प्रशिक्षण दिँदै नेम्बाङले संघीय र प्रदेश सरकारको काम कारबाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने बताउनुभयो । स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखि र छिटो छरितो सेवा दिएर परिवर्तनको अनुभुति दिन जनप्रतिनिधि लाग्नुपर्ने नेता नेम्बाङको भनाइ छ ।
जनप्रनिधि प्रशिक्षण कार्यक्रम बोल्दै प्रदेश सासंद तथा नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा रमणले पार्टीको तर्फबाट निर्वाचित जनप्रतिधिले कामबाटै प्रश्न गर्नेलाई जवाफ दिनुपर्ने बताउनुभयो । पार्टी र स्थानीय सरकार एक सिक्काका दुई पाटा भएकाले सरकारमा पुग्ने नेता र पार्टी चलाउने नेताको सम्बन्ध सुमधुर हुनुपर्ने नेता सर्माको भनाइ थियो ।
प्रशिक्षणमा बोल्दै नेकपाका इलामका अध्यक्ष रामबहादूर रानाले अहिले पार्टीका नेता बढी उपभोक्ता समितिमा बस्न खोज्नुले गलत सन्देश जाने भएकाले सचेत भएर काम गर्न आग्रह गर्नुभएको थियो । ‘अहिले पार्टीका नेता जनताको सम्बन्धमा नजिक रहने आधार भन्दै विकास निर्माणका उपभोक्ता समितिमा बन्ने गरेका छन्, नेता मगर भन्नुभयो–‘यसले पार्टीका नेताको काम प्रतिनै प्रश्न उठ्न थालेकाले अब उपभोक्ता समितिमा भन्दापनि सरकारका कामलाई सहयोग पुग्ने खालका भुमिका निर्वाहा गर्नुपर्छ ।’ स्थानीय तह विभागका प्रमुख तथा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेल, सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गादेवि भट्टराईले जनतालाई परिवर्तनको अनुभुति हुनेगरि योजना निर्माण र काम गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार