इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सुखी नेपाली समृद्ध नेपाल योजनालाई सफल बनाउन कम्युनिष्ट सरकार दृढताका साथ काम गरेको बताएका छन् । उनले जनताको सवै जनअपेक्षाहरु पुरा गर्न विभिन्न विकासका मोडलहरु कार्यान्वयनको चरणमा सरकार लागी परेको खनालको भनाई छ ।
लोकल सन्देश डट कमका प्रधानसम्पादक सुजन तिमसिनासंग सन्देश सम्बाद कार्यक्रममा बोल्द्र खनालले नेपालको खनालले नेपालको परराष्ट्र नीति कमजोर नभएको उल्लेख गर्दै नेपालले वर्षौदेखी असंलग्न नीति अपनाउँदै आएकाले विश्वका सवै देशसँग भातृत्व सम्बन्ध विस्तारमा पछि नपर्ने उनले बताए। दुई कम्युनिष्ट पार्टीको एकताको सन्दर्भमा कुरा गर्दै खनालले जटिलताका बिचबाट १५ महिनाको अथक प्रयासपछिको एकताले गति लिएको बताए। जिल्ला स्तरिय कार्यकता प्रशिक्षणका लागि इलाम आएका खनालले इलामबाट भावनात्मक, सैद्धान्तिक, बैचारिक, संगठनात्मक रुपमा एकताको प्रक्रियाहरु अगाडी बढेकाले अब यसलाई देशका ७७ वटै जिल्लामा क्रमश विस्तार गर्दै लगिने उल्लेख गरे ।
पार्टीको एकता भएपनि सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्च लगायतका विभाग र परिषदहरु गठनपछि कम्युनिष्टहरुको एकता पुर्ण हुने खनालले बताए । फरक प्रसंगमा बोल्दै खनालले अमेरिकी सरकारले अगाडी बढाएको इण्डो प्यासिफिक रणनीतिमा सहमति नभएको बताए । उनले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को रणनैतिक साझेदारी नेपालको हितमा भएपनि इण्डो प्यासिफिकले दक्षिण एशियाली सहयोग संगठन सार्कलाई धरापमा पार्ने खतरा बढेकोले नेपालले यसमा संलग्न नहुन खनालले सरकारलाई सुझाव दिए । २०६२÷६३ को जनआन्दोलनपछि १० वर्ष लगाएर बनाइएको संविधान ऐतिहासिक र जनप्रेमी रहेको बताउँदै बहुमतको नेकपा सरकारले विकास निर्माणलाई अगाडी बढाएको उनले बताए। विधेयकहरु ल्याउँदा केही कमी कमजोरी भएपनि त्यसलाई सच्याउँदै अगाडी बढे सरकारले उचाई लिनेमा दुई मत नहुने खनालको तर्क थियो । नाकावन्दी ताका चीनसंग पारवाहन सम्झौता गरेर व्यापारको ब्रेकथ्रु भइसकेकोले चाडै नै व्यापार सुरु हुनेमा विश्वस्त रहेको खनालको भनाइ थियो। चीनमा ८ हजार बस्तु शुन्य भन्सारमा आयात÷ निर्यातको सुविधा दिएपनि उत्पादन गर्न नसक्दा फाइदा लिने अवसरबाट बञ्चित हुँदै आएको उनले बताए ।
देश विकासका लागी करिडोर मोडललाई अगाडी बढाएर विकास र समृद्धिको सुरुवात भइसकेकोमा खनालले जोड दिए। संविधानले प्रदत्त गरेका ३ सरकार मध्ये प्रदेश सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको सन्दर्भमा बोल्दै खनालले नेपालमा संघियता बच्चा नै रहेकाले केही वर्षको अभ्यासपछि ट्रयाकमा आउने बताए । तीन तहका अधिकारहरु संविधानले किटान गरेपनि केही अधिकारहरु व्यवहारमा कार्यान्वयन भएपछि मात्र स्पष्ट रुपमा बुझन सकिने खनालको भनाइ थियो।
इलामको सन्दकपुर क्षेत्र पर्यटकहरुको आर्कषणको केन्द्र भएपनि भौतिक पुर्वाधारका विकासका कारण लाभ लिन नसकेको बताउँदै खनालले सरकारको पहिलो प्राथमिकता विकास भएकाले केही समयभित्रमा नै आवश्यक सवै पुर्वाधार सम्पन्न हुने बताए। सीमा सुरक्षाका समस्याहरु समाधान गर्नका लागि नेपाल र भारतबिच उच्च स्तरको वार्ताको प्रयास भइरहेको खनालले बताए ।