इलाम । निजामती सेवा दिवसको अवसरमा इलामको ठूलो टुँडिखेलमा राजनीतिक दल र कर्मचारी बिच मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ ।

राजनीतिक दल ११ र निजामती कर्मचारी ११ बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

मैत्रीपूर्ण फूटबल खेलमा राजनीतिक दल ११ इलामले बिजयी हासिल गरेको थियो । खेलमा राजनैतिक दल ११ ले शुन्यका बिरुद्ध एक गोल गरि बिजयी हासिल गरेको थियो ।

निजामती ऐन ल्याएको दिनलाई २०६२ सालदेखि नेपालमा निजामति दिवशको आयोजना शुरु गरिएको हो ।