इलाम । उर्जाको प्रमुख स्रोतहरु मध्ये विद्युत एक महत्वपूर्ण तत्व हो । प्राकृतिक रुपमा रहेका विभिन्न शक्तिहरुलाई एकितृत गरि यान्त्रिक विधिबाट विद्युत निर्माण गरिन्छ । नेपालमा प्रमुख रुपमा पानीको प्रयोगबाट विद्युत उत्पादन गरि जनताको घरदैलो उज्यालो बनाउन २०४१ साल भदौ १ गते स्थापना भएको नेपाल विद्युत प्राधिकरणले केन्द्रदेखि गाउँसम्म अहोरात्र काम गर्दै आएको छ ।
जनताका घरदैलोमा उज्यालो पु¥याइ २४ सैै घण्टा सेवा दिन देशभर शाखा संजाल रहेको मध्ये नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र पनि हो । विद्युत प्रशारण तथा वितरण लाइन विस्तार, नियमित मर्मत संभार, मिटर वितरण, रिडिङ्ग, महशुल संकलन र चुवाहट नियन्त्रण नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका मुख्य काम हुन् । इलाम, पाँचथर र ताप्लेजुङ्ग गरि तीन जिल्लाका जनताको घर उज्यालो बनाउन कुशलतापुर्वक काम गर्दै आएको यस केन्द्रको कार्यक्षेत्र अहिले इलाम जिल्ला मात्रै तोकिएको छ ।
नेपाल विद्युत प्राधिकरण इलाम बितरण केन्द्रले २ प्रशाखा र ८ वटा नोलाइट कार्यालयबाट इलामे जनतालाई सेवा प्रदान गर्दै आएको छ । प्राधिकरणको सदरमुकामस्थित इलाम बजारको भ्युटावर क्षेत्रमा मुख्य कार्यालय, इलाम र पशुपतिनगरमा प्रशाखा कार्यालय रहेका छन् । मुख्य कार्यालय, प्रशाखा र नोलाइट कार्यालयहरुबाट इलाम जिल्ला भरि सेवा प्रभाव गरिँदै आएको हो ।
सेवाग्राहीको सुविधाका लागि इलामको मुख्य कार्यालय, सूर्योदय नगरपालिकाका स्थित फिक्कल र पशुपतिगनर प्रशाखा कार्यालयहरुमा उच्च प्रविधिको उपयोग गर्दै डिजिटल नागरि वडापत्र राखिएको छ । विद्युत महशुल तिर्न आउने सेवाग्राहीको सहजताका लागि प्रविधियुक्त टोकन प्रणाली लागु गरिएको छ ।
जसबाट विद्युत महशुल तिर्न आउने ग्राहक घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हटेको छ । कार्यालयको सेवा प्रभावलाई अझ गुणस्तरीय बनाउन निःशुल्क फोटोकपि, सेवा लिन आवश्यक फारम भर्न कर्मचारीबाटै सहयोग गरिँदै आएको छ भने वृद्ध र फरक क्षमता भएका व्यक्तिलाई सहयोग गर्न ग्राहाक साहयता कक्ष स्थापना गरिएको छ । कार्यालयको कामलाई चुस्त र पारदर्शि बनाउन कार्यालयमा सिसि क्यामराको साहायताले निगरानी गरि काम गरिँदै आएको थियो ।
२०६४ सालमा स्थापना भएको कार्यालयको मातहतमा हालसम्म ३९ हजार ३ सय ६ ग्राहाक रहेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा ३७ हजार २ सय ५२ ग्राहाक संख्या रहेकोमा ग्रामीण क्षेत्रमा तिब्र विद्युत विस्तार र सरल सेवाले गर्दा एक वर्षमै २ हजार घरपरिवार ग्राहाक संख्या थपिएको हो । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले इलाम प्रमुख रबिनबाबु घिमिरेसँग सन्देश सम्बादका लागि पत्रकार सुजन तिमसिनासँग गरिएको संक्षिप्त कुराकानी :