Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सांसद सुजाताको प्रश्‍नः तीजमा साडी किन्दा ठगिएँ, बजार अनुगमन खोई ?

सांसद सुजाताको प्रश्‍नः तीजमा साडी किन्दा ठगिएँ, बजार अनुगमन खोई ?

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २१ २०७६


सांसद सुजाताको प्रश्‍नः तीजमा साडी किन्दा ठगिएँ, बजार अनुगमन खोई ?

काठमाडौंः चाडपर्व सुरु भएसँगै बजारमा उपभोक्तालाई ठग्‍ने क्रम बढेको भन्दै सांसदहरुले आलोचना गरेका छन्। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले बजार अनुमगन नहुँदा आफूहरु पनि ठगिएको गुनासो गरेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनसमेत उपस्थित बैठकमा सांसदहरुले उपभोक्ता ठगिइरहँदा पनि सरकारी निकायहरु मौन बसेको दाबी गरे।
बैठकमा समितिका सदस्यहरुले बजार अनुगमन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरिन्। ‘तीजमा साडी किन्दा आफैं ठगिएँ। बजारको मनपरीलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ?’, उनले प्रश्न गरिन्।
त्यसैगरी समितिकी अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकार चुप लागेर बसेको बताइन्। ‘बजारमा मनपरी पैसा असुल्ने विक्रेताहरुलाई सरकारले कारवाही गर्न सकेन’, उनले भनिन्, ‘यस्तो अवस्थामा पनि सरकार निष्कृय रहनु आपत्तिजनक हो।’ उनले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन पनि सरकारलाई सचेत गराइन्।
समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कारवाही गर्न सरकारलाई सचेत गराएका थिए । तर विभागका महानिर्देशक गौचनले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दाबी पनि गरेका छन् । महानिर्देशक गौचनले बजार अनुगमनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को हप्ताबाट ८ वटा टोली परिचालन गर्न लागिएको समितिलाई बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार